काठमाडौं । साताको कारोबारको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेर ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै तेजावी सुनको भाउ तोलाको ९९ हजार ४ सय रुपैयाँ कायम भएको छ।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।