• श्रावण १० २०८३, आईतवार

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको हो ।

मुल्य समायाेजनपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १३३ रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी बढोत्तरी भइरहेको सन्दर्भमा निगमलाई प्राप्त मूल्यसूचीको आधारमा हाल प्रचलनमा रहेको पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य वृद्धि गरिएको निगमको भनाइ छ ।

एलपी ग्यासमा मूल्य बढाइएको छैन ।