• मंसिर १२ २०८१, बुधबार

मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको मालाले स्वागत

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको मालाले स्वागत गरिएको छ ।

आज बिहिबारदेखि धनगढीमा सुरु भएको पाचौं सुदूरपश्चिम खप्तड गोल्डकपमा आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबले प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई २१ किलोको मालाले स्वागत गरेका हुन् ।

फागुन २८ गतेसम्म सञ्चालन हुने गोल्डकपको मुख्यमन्त्री त्रिलोचन भट्टले उद्धघाटन गरेका हुन् ।

सोही अवसरमा प्रदेशकी कृषिमन्त्री विनिता चौधरी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीलाई पनि ११/११ किलोको मालाले स्वागत गरिएको हो ।

यस्तै सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंह र कैलाली अस्पतालका सञ्चालक जनकराज जोशीलाई पनि ११/११ किलोको माला लगाइएको हो।