काठमाडौं । बलिउडकै चर्चित क्रुज ड्रग मुद्दामा बलिउड अभिनेता शाहरुखका छोरा आर्यन खानविरुद्ध प्रमाण भेटिएकाे छैन ।
भारतको नारकोटिक्स कट्रोल ब्यूरो (एनसीबी)ले गरेको अनुसन्धानमा उक्त मुद्दामा आर्यनविरुद्ध कुनै संलग्नता नरहेको खुलासा भएको छ।
एनसीबीअन्तर्गतको विशेष अनुसन्धान ब्यूरो (एसआइटी)ले आर्यन कुनै पनि अन्तराष्ट्रिय लागुऔषध तस्करी कार्टेलसँग सम्बन्ध नभएको खुलासा गरेको हो। उक्त मुद्दामा आर्यनको विरुद्धमा कुनै पनि किसिमको संलग्नता नभएको हिन्दुस्तान टाइम्सले खुलासा गरेको छ।
गत वर्ष अक्टोबरमा भारतको मुम्बईस्थत ग्रीन गेटमा एक जहाजमा छापा मारेर शाहरुखका छोरा आर्यनलाई लागुऔषध मुद्दामा गिरफ्तार गरिएको थियो। उनीसँगै यो मुद्दामा १७ जना गिरफ्तार भएका थिए।