• आश्विन १३ २०८१, आईतवार

किन मौसम र ठाउँ अनुसार छेपाराले रङ बदल्छ ?

फाल्गुन १९ २०७८, बिहीबार

काठमाडौँ । सरीसृप वर्गका जीवजन्तु अर्थात् जमिनमा घस्रियर हिंड्ने प्राणीहरुमध्ये छेपारो एक यस्तो प्राणी रहेको छ जसको शरीरको रङ ऊ आफू बसेको ठाउँको रङ जस्तै भएर आउँछ । छेपारोको यस्तै चरित्र तथा उसको शरीरको यस्तो विशेषता देखेर वा थाहा भएर मानिसहरु कसैले दुइटा कुरा गरेको खण्डमा वा यता पनि ठिक्क र उता पनि ठिक्क हुने प्रकारको व्यवहार गरेको खण्डमा एकले अर्कालाई ‘छेपारे प्रवृत्ती’ भनेर संज्ञा दिने गरेको पाइन्छ ।

नेपालको संसदबाट हालै पास भएको अमेरिकी सहयोग नियोग भनिएको परियोजना एमसीसी पास गर्नु भन्दा केही घण्टा पहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो पास गर्नु हुँदैन यो राष्ट्रघाती छ भनेको र त्यो भनेको केहि घण्टा पछि नै उनले संसदबाट सोही आफैले राष्ट्रघाती छ भनेको एमसीसी पास गर्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि देशका राष्ट्रवादी मानिसहरुले कस्तो छेपारे प्रवृतिको रहेछन् भनेर व्यंग्य गरेका थिए ।

यस्तो दोधारे व्यवहार र प्रवृत्ती देखाउँदा सबैले सबैलाई लगाउने त्यही आरोप रहेको छ, ‘कस्तो छेपारे प्रवृत्तीको रहेछ’ भनेर । सबैले छेपारे प्रवृत्ती भनेर त भनिन्छ तर आखिर छेपारे प्रवृत्ती किन भनिन्छ वा छेपारोले किन आफ्नो शरीरको रङ स्थान अनुसार बदल्छ त ? त्यो भने हामीमध्ये धेरैलाई थाहा नहुन सक्छ ।

आउनुस् आज हामी छेपारोको शरीरको स्थान र मौसम अनुसार किन रङ बदलिन्छ भनेर जान्ने प्रयास गरौँ । वैज्ञानिकहरुका अनुसार छेपारोले मौसम र स्थान अनुसार आफ्नो शरीरको रङ बदल्ने मुख्य कारण ऊ आफ्ना दुश्मनहरुबाट बच्नको लागि नै हो । छेपारोको रङ जुन मौसम छ र ऊ अर्थात् छेपारो जुन स्थानमा रहेको हुन्छ उसको शरीरको रङ पनि त्यस्तै बनिदिने हुनाले छेपारोका दुश्मनले उसलाई देख्न सक्दैनन् ।

छेपाराहरुको छालामा केही खास किसिमका तत्वहरु रहेका हुन्छन् जसले छेपारो जहाँ रहेको हुन्छ उस्तै शरीरको रङ निर्माण गरिदिन्छन् । छेपारो जुन वातावरण र स्थानमा रहेको हुन्छ शरीरको रङ पनि त्यस्तै बनाइदिने उसको शरीरमा विशेष खालका कोषिकाहरु रहेका हुन्छन् । छेपारोका शरीरमा रहेका त्यस्ता कोषिकाहरु मेलोनोफोट भन्ने तत्वबाट बनेका हुन्छन् जसमा तापक्रम बढ्दा वा घट्दा खुम्चने र फैलने गुण रहेको हुन्छ ।

ती कोषिकाहरुबाट श्रावित हुने इण्टरमेडिन एसिटिल कोलिन या एण्ड्रिनेलिन हर्मोनबाट उत्तेजित भएर तिनीहरुको छालाको रङ बदलिन्छ । छालाको माथिल्लो सतहका कोषिकाहरु पहेंला, त्यसभन्दा तलका गाढा खैरो र कालो रङका रहेका हुन्छन् । छेपारोका छालामा रहेको त्यस्ता तत्वहरु सबभन्दा तल सेतो रङका रहेका हुन्छन् । मौसम अनुसार पाखा, पखेराहरुको तापक्रम बढ्दा छेपारोका छालाका रङहरु गाढा र तापक्रम घट्दा हल्का गाढा हुन जान्छन् ।

राति घुमफिर गर्ने सरीसृप प्राणीहरुमा भने छेपारोको शरीरको भन्दा ठिक विपरित हुने वैज्ञानिकहरु बताउछन् । छेपाराहरुको लैंगिक तथा भावनात्मक अवस्थामा पनि उनीहरुको शरीरको रङले असर पार्न सक्छ । रुखमा चढेर बस्ने सरीसृप वा छेपाराहरुमा अरु छेपाराहरुको भन्दा बढी रङ बदल्ने प्रवृत्ती रहेको हुन्छ ।