• मंसिर २० २०८१, बिहीबार

निबन्ध : मेरो जन्मभूमी, मेरो गौरव !

फाल्गुन १९ २०७८, बिहीबार

मान्छेले आफ्ना मातापिताहरु कसैलाई माया गर्छ भने त्यो हो जन्मभूमी यसअनुसार आफ्नो आत्मभूमीलाई मातृभूमी मात्र होइन आफ्नो गौरव पनि मान्छु किनभने म यस माटोमा जन्मे यस माटोमा हुर्कें । हुन त कतिपय खराब तत्वको प्रवेशले गर्दा यस भूमीलाई गाली गर्नेहरु पनि छन् । जहाँ आफू जन्मियो त्यँहाको भएर देशलाई सराप्नेहरु देश बिगार्नेहरु विभिन्न लोलोपोतो देखाएर हिंड्ने गरेका छन् ।

भ्रष्टताले गाँजेको यस समयमा यदि कसैले देशप्रेम र जन्मभूमीप्रतिको कर्तव्य बोल्छ त्यो कि त पागल हुन्छ कि त मुर्ख भन्ने नकारात्मक पक्ष पनि उत्तिकै प्रवलरुपमा देखा पर्छ । त्यस सन्दर्भमा आफ्नो कुरा गर्दा मलाई कतै ग्लानी हुँदैन । मलाई गौरव लाग्छ । म आफ्नो जन्मभूमीप्रति सचेत र इमान्दार छु । भन्नेले जे भने पनि हुन्छ तर म आफ्नो गौरव आफ्नो अभिभावक आफ्नो जन्मभूमी मान्दछु ।

भनिन्छ नि, जन्मेको ऋण जसले माग्छ त्यो निर्घीनी हो । असलमा देशप्रतिको इमान्दार व्यक्ति होइन । यसैले मलाई गर्व छ । म यस देशमा जन्में, जहाँ सगरमाथा छ । लुम्बिनी छ । पशुपति छ । हरियाली छ । राराताल छ । पुर्खाले आर्जेको यस हिमवत खण्डलाई यदि कोहि गाली गर्छ भने त्यो ढोंगी हो । पाखण्डी हो । भ्रष्ट हो । खराब हो ।

मैले आफूले संकल्प गरेको पनि यहि हो । हुन त कतिपय विद्वानले पनि यहि संकल्प गरेका छन् । पुनर्जन्म भइयो भने यही देशमा हुन पाऊँ । यो भावना हो । संवेदना हो । मान्छे भावनाले पनि बाँच्छ । त्यहि भावनामा म छु । त्यहि संवेदनामा म छु । यहि भावना र संवेदनालाई मुटुभित्र राखेर संकल्प गरेको छु । म जहाँ जन्मेको छु र जन्मेर हुर्केको छु त्यो मेरी आमाको काख हो । माया हो र ममता हो ।

म आफ्नी आमाको माया र ममतालाई बिर्सेर यसको विरुद्व कहाँ जान सक्छु र ? यसैले मेरो जन्मभूमी मेरो गौरव हो । जँहा म जन्में । जहाँ म हुर्कें जहाँ म आफ्नो जीवन बाँच्न सक्षम व्यक्ति भएँ जहाँ मेरो भावना बसेको छ त्यो मेरो जन्मभूमी हो । त्यो मेरो राष्ट्र हो ।

संसारको जुनसुकै मुलुकमा पुगुँ आफ्नी मातालाई जसरी बिर्सन सकिन्न त्यसरी आफ्नो जन्मभूमीलाई कसरी बिर्सन सक्छु र ? अहिले म जुन स्थितिमा छु । सन्तोक छ । यो सन्तोकप्राप्ति यदि म आफ्नो जन्मभूमीमा नजन्मिएको भए पाउँथे हुँला र ? मेरो जन्मभूमी साँच्चै मेरो गौरव हो ।

मेरो जन्मभूमी जति विकसित हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । यसको जति मान बढ्नुपर्ने हो, त्यति बढ्न सकिरहेको छैन । यस सत्यलाई नकार्न सकिंदैन तर ती हुनुमा कसकसले बाधा व्यवधान ओछ्याएका छन्, तिनलाई पत्ता लगाएर परिश्रम गर्ने सन्ततीहरु जन्माउन सकोस् भनि आफ्नो जन्मभूमिलाई भनिरहेछु ।

मेरो जन्मभूमी को सानलाई उच्च राख्न स्थानीय सिप नै काफि छन् । तिनलाई सो सद्कर्ममा अवसर मिल्नेछ भनि म आशावादी छु । म निराश भएको छैन । आफ्नो प्राणभन्दा बढी माया गरेर देशलाई गर्नुपर्छ भन्ने जानेको छु ।