काठमाडौँ। अंगेजी महिनाको दोस्रो महिना फेब्रुअरीमा झन्डै २० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन्। फेब्रुअरीमा विभिन्न देशबाट १९ हजार सात सय ६६ जना पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
कोरोनाको प्रभाव कम हुँदै जाँदा पर्यटक आगमन वृद्धि हुँदै गएको तथ्यांकमा देखिएको छ।
जसनुसर नेपाल आउने पर्यटकमा भारतीयको संख्या सबैभन्दा धेरै छ । गत महिनामा भारतबाट ५ हजार ९९८ जना नेपाल आएका छन् ।
यस्तै दोस्रो स्थानमा अमेरिका रहेको छ । अमेरिकाबाट ३ हजार ६१४ जना नेपाल आएको देखिएको छ । तेस्रो स्थानमा बेलायत रहेको छ । यो महिनामा बेलायतबाट मात्र २ हजार २१७ जना पर्यटक नेपाल आएको देखिएको छ ।
यसैगरी चौथो स्थानमा रहेको अष्ट्रेलियाबाट १ हजार ५२ जना नेपाल आएका छन् भने रुसबाट १४७ जना मात्र नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ।
चीनबाट भने २०५ जनामात्रै नेपाल आएको देखिएको छ । बंगलादेशबाट ८८८ जना पर्यटक नेपाल आएका छन् । जर्मनीबाट ६४२, फ्रान्सबाट ५२९, नेदरल्याण्ड्सबाट २५२, स्पेनबाट १८०, र बेल्जियमबाट १७९ जना नेपाल आएको देखिएको छ ।
यो वर्षको पहिलो महिना जनवरीमा १७ हजार पर्यटक नेपाल भ्रमणमा आएका थिए ।