• मंसिर २० २०८१, बिहीबार

भ्रमको जालो च्यातिएपछि…….

फाल्गुन १८ २०७८, बुधबार

काङ्ग्रेसले शान्ति सम्झौता मान्यो ?
एमालेले रोल्पा सम्झौता मान्यो ?
तिमीले जनयुद्धलाई जनयुद्ध मान्यौ ?
उनीहरुले सम्झौता तोडेको सहि हो
बरु तिमीले बुझेको भ्रम हो
तिम्रो त्यही कथित व्याख्यात्मक बुझाईले हो
आज यो दलदल आएको
र आज आन्दोलन धारासायी बनेको ।
उसले नमानेको कुरा
तिम्रो मनले मात्र मानेर
कसरी गर्छौ आत्मलाप ?
कुन नैतिकताले छोप्छौ
कथित भ्रमको असली चेहरा ?
पहिला क्रान्ति बिसाएको घोषणा गर्यौ
अनि पुरानो सत्तामा मिसिएको घोषणा गर्यौ
पुरानो रगत चुसाहा वर्गसँग टाँसिएको घोषणा गर्यौ
आज फगत भ्रम बन्यो
व्याख्यात्मक घोषणा
सुन लन्ठु हो,
तिम्रो कथित घोषणालाई कुनामा
मिल्काएर सुन
मिल्काएर सम्झ
तिमीहरु कुहिएको तिमीहरुले घोषणा गरे लगत्तै
हामीले हामी उम्रिएको घोषणा गरेका थियौं
तिम्रो दुर्गन्धित व्यवस्था
खारेज गर्ने घोषणा गरेका थियौं
घोषणाबाजहरुको अगाडि हामी फगत मात्रै घोषणा गर्दैनौं
हामी हामीले
इतिहासको आवश्यकता बोध गरेर
हाम्रो प्रतिवद्ध वैज्ञानिक
घोषणा कार्यान्वयन गरिरहेका छौं र गर्छौं
त्यसैले तिमीहरु नाङ्गिएका हौ
त्यसैले तिमी छटपटाएका हौ

तिमीले हाम्रो टाउकोमाथि
लाठी प्रहार गरेर रचेको कथित भ्रम
जनताले खारेज गरिदिएका छन् ।
विद्रोहलाई छेक्ने आँट नगर
हामी फगत स्वार्थ बोकेर लडिरहेका छैनौं
हामी छातीभित्र देशको सुन्दर भविष्य सजाएर
उभिएका छौं
हाम्रो छातिभित्र दन्किएको प्रतिरोधको
आगोले तिमी जल्नेछौ
तिमी ढल्नेछौ ।

तिम्रा घृणित स्वार्थबाट लादिएका
कायर षडयन्त्रहरु हामीले उहिल्यै खारेज गरेरेर
विद्रोहको घोषणा गरेका थियौँ
श्रमजीवी जनताको विद्रोहको घोषणाले
तिम्रो सिंगो कुरुप युगलाई खारेज गर्छ ।