• मंसिर ९ २०८१, आईतवार

प्रम देउवा र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता

फाल्गुन १८ २०७८, बुधबार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन वार्ता भएको छ ।

६ घण्टाअघि अमेरिकी विदेश मन्त्री ब्लिन्केनले टुइट गर्दै भनेका छन् ‘आज नेपालका प्रधानमन्त्रीसँग राम्रो भेट भयो ।

रूसको अप्रत्याशित आक्रमण र युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको लागि हाम्रो समर्थनको बारेमा छलफल गर्यौं । हामी आर्थिक विकास र क्षेत्रीय चुनौतिहरूमा सँगै मिलेर काम जारी राख्नेछौं ।’