• फाल्गुन २६ २०८२, मंगलवार

अन्तरराष्ट्रिय अदालत जानुपर्ने डरले प्रचण्डले एमसीसीमा सहमती जनाए : विजुक्छे

फाल्गुन १८ २०७८, बुधबार

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमाथि संगीन आरोप लगाएका छन् ।

एमसीसीको विरोध गर्दै आएका प्रचण्डले अन्ततः सहमति जनाएपछि गत आइतबार संसदबाट पारित भएको थियो ।

विजुक्छेले यो घटनालाई तत्कालीन माओवादीको आह्वानमा भएको सशस्त्र द्वन्द्वसँग जोडेका छन् । ‘युद्धको नाममा १७ हजार मानिसको हत्या आरोप लागेका प्रचण्डमा अन्तरराष्ट्रिय अदालत जानुपर्ने त्रास’ले एमसीसीमा सहमति जनाएको विजुक्छेले जिकिर गरे ।

भक्तपुरको न्हुः पुखु (रानीपोखरी)को मंगलबार उद्घाटन गर्दै बिजुक्छेले प्रचण्डको त्रासकै कारण एमसीसी पास भएको बताए ।

जनताको इच्छाविपरीत संसदले हतारहतार एमसीसी पास गर्नु दुःखद भएको भन्दै उनले त्यसकाविरुद्ध आफ्नो पार्टीले देशभर विरोधसभा गरेको बताए । एमसीसी नेपाल र नेपालीका लागि घातक हुने उनको भनाइ छ ।