• मंसिर ११ २०८१, मंगलवार

नेकपा एमाले रोल्पा-काठमाडौँ सम्पर्क मंचको अध्यक्षमा डाँगी

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौँ। नेकपा एमाले रोल्पा-काठमाडौँ सम्पर्क मंचको अध्यक्षमा गौरब डाँगी निर्वाचित भएका छन्। एमाले रोल्पा काठमाडौँ सम्पर्क मंचको काठमाडौँमा भएको आठौँ सम्मेलनको बन्द सत्रबाट डाँगी अध्यक्षमा निर्वाचित भएका हुन्। सम्पर्क मंचको आठौँ सम्मेलनमा प्रमुख अतिथिको रुपमा नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल घर्तीले सम्बोधन गरेका थिए।

सम्मेलनमा एमाले केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नविन रोकामगर, केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला सहइञ्चार्ज यमुना रोका, लुम्बिनी प्रदेश सदस्य देबेन्द्र रावत, सम्पर्क समितिका लुम्बिनी प्रदेश समितिका सह सचिव पूर्ण केसी लगायतका नेताहरुको उपस्थिति रहेको थियो। मंचको आठौँ सम्मेलनले डाँगीलाई अध्यक्ष सहित १३ सदस्यीय कमिटी निर्वाचन गरेको छ। कमिटीका उपाध्यक्षद्वय चिरन्जीवी वली र गीता घर्ती, सचिव भीम वली लगायत पदाधिकारी र सदस्यहरु रहेका छन।

आकास घर्तीमगरको अध्यक्षतामा भएको सम्मेलनले डाँगीलाई नयाँ अध्यक्ष निर्वाचन गरेको रोल्पा-काठमाडौँ सम्पर्क मंचका नव निर्वाचित अध्यक्ष डाँगीले गोलखबर डटकमलाई जानकारी दिए।