• फाल्गुन २६ २०८२, मंगलवार

रुस र हामी दाजुभाइ हौं, युक्रेनसितको लडाइँमा रुसलाई साथ दिन्छौं : ब्राजिल

फाल्गुन १७ २०७८, मंगलवार

काठमाडौँ । रुस र युक्रेन बीचको युद्धका कारण आज संसार दुईभागमा बाँडिएको छ । इता रुस र युक्रेनबीचको युद्ध आज पाँचौं दिनमा पनि चलिरहेको छ ।

रुसी सेनाले युक्रेनका धेरै क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको जनाएको छ । उता युक्रेनले पनि कम्तीमा पनि ४ हजार रुसी सेनाको ज्यान गएको बताउँदै आफूले ठूलो सफलता हात पारेको दाबी गरेको छ ।

यसको स्वतन्त्र पुष्टि भने भएको छैन । युक्रेनले आफ्ना सेना र नागरिकलाई उत्साहित बनाउन रुसको ठूलो क्षति पुर्याएको दाबी गरेको हुन सक्ने बताइएको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अबको २४ घण्टा महत्वपूर्ण हुने बताएका छन् । उनले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँगको कुराकानीको क्रममा सो कुरा बताएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

पश्चिमा देशहरुले युक्रेनलाई सहयोग पठाइरहेका छन् । युद्ध सामाग्री सहित सहयोग पठाइरहेका छन् तर पनि रुसले लगातार हमला गरिरहेको छ । एक हप्ताको योजना बनाएर रुसले हमला सुरु गरेपनि पश्चिमा देशहरुले युक्रेनलाई सहयोग गरेका कारण युद्ध केही दिन लम्बिने संकेत देखिएको छ ।

युक्रेनको राजधानी किभमा रहेका बीबीसी संवाददाता जेम्स वोटरहाउसका अनुसार रुसले पाँचौं दिन अधिकांश शहरमा हवाई हमला भइरहेको छ । यसैबीच ब्राजिल र बेलारुसले रुसलाई साथ दिएका छन् ।

बेलारुसले सेना पठाउने निर्णय गरेको छ भने ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारुले रुस र
ब्राजिल दाजुभाई भएको बताएका छन्। उनले युक्रेनी जनताले हास्यकलाकारको हातमा विश्वास दिएकोले अहिलेको परिणाम आएको बताए । पत्रकार सम्मेलनमा बोल्दै बोल्सोनारुले रुसी हमलाको निन्दा नगर्ने समेत बताएका छन् ।

‘जारी द्वन्द्वको विषयमा ब्रजिल तटस्थ रहेको भन्दै उनले ब्राजिल र रुस व्यवहारत दाजुभाई हुन्’ राष्ट्रिपति बोल्सोनारुले भने । उनले आफ्नो देश तटस्थ बस्ने र के सम्भव हुन्छ रुसलाई सहयोग गर्ने बताए । उनले युक्रेनी जनसङ्ख्याको ठूलो हिस्सा रूसी भाषा बोल्ने गरेको समेत बताए ।

यसैबीच रुसी सेनाले युक्रेनको बेर्डियान्स्क नगरमाथि कब्जा जमाएको छ । युक्रेनको दक्षिणमा रहेको तटीय नगर बेर्डियान्स्क अहिले रुसी फौजको नियन्त्रणमा गएको त्यहाँका नगरप्रमुखले बताएका छन् ।

स्थानीय समयानुसार आइतवार ३५० तिर रुसी सैनिकहरु त्यहाँ प्रवेश गरेका थिए र त्यसको केही समयपछि नगरको केन्द्रमा उनीहरूले यताउता गरिरहेको देखिएको थियो ।

राति ८ बजे रूसी सैनिकहरु उक्त नगरको सभागृहमा प्रवेश गरेका थिए । ब्ल्याक सीको किनारमा रहेको उक्त नगरमा युक्रेनी सेनाको एउटा नौसैनिक अखडा छ । उक्त सैन्य अखडा पनि क्षतविक्षत भएको छ ।