काठमाडौँ। रुसी सेनाको आक्रमणमा परेर पूर्वोत्तर युक्रेनको ओख्तिर्का नगरमा झन्डै ७० युक्रेनी सैनिकको ज्यान गएको बताइएको छ। बीबीसीका अनुसार आइतबार भएको उक्ता आक्रमणमा परेर युक्रेनी सैनिकको मृत्यु भएको हो।
सुमी क्षेत्रमा प्रशासक दिमित्रो जिभिट्स्कीका अनुसार रुसी हमलाबाट एउटा सैन्य एकाइ ध्वस्त भएको र अहिले उद्धारकर्ता तथा स्वयंसेवकहरूले भग्नावशेषबाट शवहरू निकाल्ने प्रयास भैरहेको छ।
सामाजिक सञ्जाल टेलिग्राममा उनले लेखेका छन्। “धेरै मानिस मारिएका छन्। अहिले हामीले झन्डै ७० जना सैनिकका शव गाड्न चिहान बनाउने तयारी गररहेका छौँ,” “तर शत्रुहरूले पनि पाउनुपर्ने फल पाएका छन्,” उनले थपेका छन्।
उनले रुस तर्फ पनि ठूलो क्षति भएको उल्लेख गरेका छन्।
यद्यपि रुसतर्फ भएको क्षतिको भने स्वतन्त्र पुष्टि हुन सकेको छैन।