• मंसिर ११ २०८१, मंगलवार

हामी फेरि ठगियौं

फाल्गुन १७ २०७८, मंगलवार

तिमीले देख्यौ हाम्रो नेताले देखेनन्
एमसिसीलाई तिमीले
पान्डोराज बकस भनिरहँदा
तर हाम्रो नेताले एमसिसी उपहार सम्झे
नेपाली जनतालाई स्वतन्त्र रुपमा विकासको बाटो सम्झे
हो, तिमीले बारम्बार भकेकै थियौ
यो देशको आन्तरिक मामिलाको हस्तक्षेप हो
राजनीति तार जोड्ने जबर्जस्ती कुटनीति हो
अरु देशको सार्वभौमसत्ता र
आफ्नो हितमा अरुको अवमूल्यन कहिल्यै गर्नुहुँदैन ।
तर
हाम्रा नेताले आफ्नो राष्ट्रियताको चस्मा लगाएर
कहिल्यै पनि हेरेनन्
किनकि उनीहरुले चस्मा नै अर्कै लगाएको थिए
त्यसैले हाम्रो नेताले व्याख्यात्मक घोषणा गर्दा
तिमी आफ्नो डायरीमा
नोट गर्नु पर्यो
फेरि एक पटक नेपाली जनता
आफूलाई ठगिएको महसुस गरेका छन् ।