• मंसिर १३ २०८१, बिहीबार

पछिल्लो २४ घण्टामा थप १ सय ८० जनामा कोरोना पुष्टि, १ को मृत्यु

फाल्गुन १६ २०७८, सोमबार

काठमाडौँ। देशभर थप एक सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा एक सय ८० जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने संक्रमणबाट १ जनाको मृत्यु भएको छ ।

यस्तै,पछिल्लो २४ घण्टामा चार सय जना सङ्क्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ४१ हजार एक सय २१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् भने आठ हजार दुई सय ३५ जना सक्रिय संक्रमित रहेका छन् ।