काठमाडौँ। मोडल तथा अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले जबरजस्ती करणीको अभियोग लागेका अभिनेता शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो ।
अभिनेता पलले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै गत बुधबार तनहुँ प्रहरीमा उजुरी परेको थियो। त्यसपछि अभिनेता शाह फरार थिए, भने आइतबार मात्र जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर उनले आत्मसमर्पण गरेका थिए । प्रहरी नियन्त्रणमा पुगेपछि प्रहरीले पललाई जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो। अदालतबाट अनुसन्धानका लागि समय लिएपछि अनुसन्धान अघि बढाएको तनहुँ प्रहरीले जनाएको छ।
आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ