• फाल्गुन २६ २०८२, मंगलवार

बेलारुसमा वार्ता गर्ने रुसको प्रस्ताव युक्रेनद्वारा अस्वीकार

फाल्गुन १५ २०७८, आईतवार

काठमाडौँ। बेलारुसको भूमिमा रुससँग वार्ता गर्न युक्रेनले अस्वीकार गरेको छ। रुसले वार्ता टोली बेलारुस पुगेको बताएको छ। तर युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बेलारुसमा वार्ता गर्ने रुसी प्रस्ताव अस्वीकार गरेका छन्।

रुसले आफूहरुमाथि आक्रमणका लागि बेलारुसको भूमि प्रयोग नगरेको भए मिन्स्कमा वार्ता गर्न आफूहरुलाई समस्या नहुने तर अहिले त्यस्तो अवस्था नरहेको राष्ट्रपति जेलेन्स्कीको भनाइ छ।

बेलारुसमा वार्ताका लागि अस्वीकार गरे पनि जेलेन्स्कीले अरु स्थानमा वार्ताका लागि आफूहरु तयार रहेको बताएका छन्। उनले भनेका छन्, ‘यदि त्यो भूमिबाट हामीविरुद्ध आक्रमण नभएको भए मिन्स्कमा वार्ता गर्न हामीलाई समस्या हुने थिएन। वार्ताका लागि अरु सहर प्रयोग गर्न सकिन्छ।’

‘पक्कै पनि हामी शान्ति चाहन्छौँ, हामी वार्ता चाहन्छौँ, यो युद्ध अन्त्य होस् भन्ने चाहन्छौँ। वार्ताका लागि हामीले वार्स, ब्राटिस्लाभा, बुड्डापेस्ट, स्तानबुल, बाकुसहितका सहर प्रस्ताव गरेका थियौँ।’

(एजेन्सी)