• मंसिर १३ २०८१, बिहीबार

क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामा इसेवा ट्राभल्स् एण्ड टुर्सको ब्राण्ड एम्बेस्डर नियुक्त भएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र क्याप्टेन लामाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

क्याप्टेन लामा ब्राण्ड एम्बेस्डर नियुक्त भएसँगै अन्तर्राष्ट्रिय हवाई टिकट क्षेत्रमा थप पारदर्शिता कायम हुनुका साथै आम मानिसले कम मूल्यमा सहज रुपमा टिकट काट्न सक्ने अपेक्षा गरिएको इसेवाले जनाएको छ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने ‘विजय लामा जस्तो बहुआयामिक व्यक्तिलाई ब्राण्ड एम्बेस्डर बनाउन पाउँदा हामीलाई गर्व महसुस भएको छ। हाम्रो कार्यक्रममा थप पारदर्शिता, सुलभता र सहजता ल्याउन सहयोग पुग्ने अपेक्षा गरेका छौं।’

ब्राण्ड एम्बेस्डर नियुक्तिपछि लामाले नेपालको डिजिटल पेमेन्ट क्षेत्रमा अग्रणी इसेवासँग जोडिन पाउँदा खुसी लागेको बताए। ‘इसेवाले आन्तरिक टिकटिङ क्षेत्रमा आफूले प्रुफ गरिसकेको छ र अन्तर्राष्ट्रिय टिकेटिङको क्षेत्रमा पनि आफूलाई प्रुफ गर्ने विश्वास छ र यसमा मैले पनि सक्दो भूमिका खेल्नेछु,’ उनले भने।