काठमाडौँ। युक्रेनको सेनाले ३,५०० सय भन्दा बढी रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ । यस्तै,करिब २०० जनालाई बन्दी बनाइएको उनीहरुको दाबी छ।
युक्रेनी सेनाको दाबीअनुसार रुसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्याङ्क पनि गुमाएको बीबीसीले जनाएको छ।
रुसले भने अहिले सम्म आफूपट्टि भएको मानवीय क्षतिबारे कुनै जानकारी दिएको छैन।