• असार १८ २०८१, सोमबार

खोटाङ कर्मचारी संगठनमा पहिलो महिला नेतृत्व

फाल्गुन १४ २०७८, शनिबार

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन खोटाङको अध्यक्षमा रेखा राई चयन भएकी छन् । संगठनको शुक्रबार राती दिक्तेलमा सम्पन्न ११ औं जिल्ला सम्मेलनबाट राई सर्वसम्मत अध्यक्ष चुनिएकी हुन् । सर्वसम्मत भएपछि उनी जिल्लामा संगठनको पहिलो महिला अध्यक्ष बनेकी छन् ।

२३ सदस्यीय जिल्ला समितिमा उपाध्यक्षमा रामप्रसाद आचार्य, महिला उपाध्यक्षमा निर्मला शर्मा, सचिवमा ढुण्डीराज पाण्डे, सह–सचिवमा राजकुमार राई र कोषाध्यक्षमा पवन पोखरेल चयन भएका छन् ।

ओसन सुवेदी, दिक्षिका शाक्य, पीएसपी चाम्लिङ, नारायण आचार्य, जीवन आचार्य, शेरबहादुर दाहाल, नरबहादुर बस्नेत, सिर्जना लुइँटेल, शुशीला बस्नेत (आचार्य), श्रृजना आचार्य, सन्जीव मुग्राती, प्रमेश झा, दिलबहादुर खत्री, दिनेश आचार्य, रितेश श्रेष्ठ, गीता रिजाल, नवराज राईलगायत सदस्य चयन भएका छन् ।

मणिराम ढकाल, तीर्थराज आचार्य, विनोद राई, मन्दिरा घिमिरे, अगम बिक र रामप्रसाद आचार्य (केन्द्रीय प्रतिनिधि) तथा विज्ञान राई, यादव धमला, नवराज पौडेल, कृष्ण आचार्य, उत्तरकुमार बजिमय र गणेश आचार्यलाई प्रदेश प्रतिनिधि चयन गरिएको संगठनले जनाएको छ ।