• फाल्गुन २६ २०८२, मंगलवार

बेलायतसँग जोडिएका सबै विमानलाई रुसको प्रतिबन्ध

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । रुसले बेलायतसँग जोडिएका सबै विमानलाई आफ्नो हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको छ ।

 युक्रेनको आक्रमणको जवाफमा बेलायतले रुसी ध्वजबाहक एरोफ्लोटलाई बेलायतमा अवतरण गर्न रोकेसँगै रुसले बेलायतसँग जोडिएका विमानलाई हवाई क्षेत्र प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

बेलायतसँग जोडिएको वा दर्ता गरिएको संस्थाको स्वामित्वमा रहेको, भाडामा लिइएको वा सञ्चालनमा रहेका विमानहरूको उडानका लागि रूसी हवाई क्षेत्रको प्रयोगमा प्रतिबन्ध लगाइएको रुसी उड्डयन प्राधिकरणद्वारा जारी आदेशमा उल्लेख छ ।एजेन्सी