काठमाडौँ, १३ । आइएमई पे ले आफ्नो प्रयोगकर्ताको निम्ति विभिन्न डिपार्टमेन्टल स्टोरहरुमा किराना खरिद गर्दा १०% छुट पाउने अफर सार्वजनिक गरेको छ ।
उपभोक्ता डिजिटल पद्दतिमा अभ्यस्त बन्दै गरेको अवस्थामा नेपालमा समेत सबैजसो पसल अथवा व्यापारले अनलाइन भुक्तानी सेवा प्रयोग गर्दै आएको सन्दर्भलाई ख्याल गर्दै यो अफर सार्वजनिक गरिएको हो ।
स्टोरहरुमा विभिन्न क्यूआर प्रणाली भएको कारण उपभोक्ताहरूलाई सहज भुक्तानीका लागि आइएमई पेले Scan Any QR अभियान मार्फत् नेपाली बजारमा रहेको सम्पूर्ण QR स्क्यान गरी कुनै पनि भुक्तान सफल गर्न मिल्ने सुविधा ल्याएको छ ।
यसै अभियान अन्तर्गत प्रयोगकर्ताले केवल आइएमई पे मोबाईल वालेट एपबाट नेपालको प्रमुख डिपार्टमेन्टल स्टोरहरुमा सजिलै QR स्कान गरी भुक्तानी गर्न मिल्नेछ ।
साथै प्रयोगकर्ताले सो अफर केवल एकपल्ट मात्र प्रयोग गर्न पाउनु हुनेछ । छुट पाउने डिपार्टमेन्टल स्टोरहरुमा भाटभाटेनी सुपरमार्केट, बिगमार्ट सुपरमार्केट, केके सुपरमार्ट, सेल्स्बेरी डिपार्टमेन्ट, डेली ग्रोसेरी र माइ-मार्ट रहेका छन् ।
सोही क्याम्पियनमा आइएमई पे मोबाईल वालेटमार्फत मात्रै १०% छुट (रु. १०० सम्म मात्र) पाउनेछ र स्क्यान गरी अथवा डाइरेक्ट भुक्तान गर्दा १ वालेट ID ले १ डिपार्टमेन्टल स्टोर र १ समयको लागि मात्र १०% छुट पाउनेछ । यो अफर सीमित अवधिको लागि मात्र लागु हुनेछ ।