काठमाडौँ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसलाई युद्धविराम गर्न अपील गरेका छन् । शुक्रबार युक्रेनी र रुसी दुवै भाषामा देशवासीलाई सम्बोधन गर्दै युद्धविरामका लागि आफूले रुससँग अपील गरिरहेको बताएका छन्।
“यो द्वन्द्व र अतिक्रमण अन्त्यबारे ढिलो वा चाँडो रुसले हामीसँग कुरा गर्नुपर्ने हुन्छ,” उनले भने, “जति छिटो संवाद शुरू हुन्छ रुसलाई त्यति कम क्षति हुन्छ।”
राष्ट्रपति जेलेन्सकीले रुसले आफूलाई सिद्ध्याएर युक्रेनलाई राजनीतिक रूपमा ध्वस्त पार्न चाहेको बताए। आक्रमण नरोकिएसम्म आफूहरूले देशको रक्षा गरिरहने उनको भनाइ छ।
युक्रेनमाथि लगातार दोस्रो दिन पनि रुसले आक्रमण गरिरहेको छ। रुसी आक्रमणमा सेना र सर्वसाधारण गरी १३७ युक्रेनी नागरिकको ज्यान गएको बताइएको छ।
(एजेन्सीको सहयोगमा)