• मंसिर ९ २०८१, आईतवार

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच नयाँ गठबन्धनको कसरत

फाल्गुन १३ २०७८, शुक्रबार

काँग्रेस । नेपाली काँग्रेसको नेतृत्वमा रहेको वर्तमान सत्ता गठबन्धन अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौतालाई लिएर विभाजनको संघारमा पुगेको छ ।

सरकारले प्रतिनिधि सभामा फागुन ८ गते पेस गरेको एमसिसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो ।

माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूले एमसिसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली काँग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ ।

सरकारले ल्याएको प्रस्तावको विपक्षमा उभिएर गठबन्धनलाई निरन्तरता दिने कुरा सम्भव नरहेको बताउँदै काँग्रेस महामन्त्री गगनकुमार थापाले भने, ‘अहिलेको सत्ता गठबन्धनको औचित्य करिब सकिएको छ । एमसिसी पारित गर्नेसहितका विषयलाई लिएर एमालेसँग सकारात्मक छलफल जारी छ ।’

बिहीबार दिउँसो संसद्भवन नयाँबानेश्वर र साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस र एमालेका शीर्ष नेताबीच छलफल भएको छ ।

एमसिसी सम्झौता पारित गर्दै मुलुकलाई निकास दिन काँग्रेस र एमालेका शीर्ष नेता सैद्धान्तिकरुपमा सहमत भएका छन् ।

तर सरकारको नेतृत्व गरेको काँग्रेस र प्रमुख प्रतिपक्षमा रहेको एमालेले कसरी अघि बढ्ने भन्ने साझा बाटो अझै पहिल्याउन सकेका छैनन् । यो समाचार नागरिक दैनिकमा छ ।