• मंसिर ९ २०८१, आईतवार

एमसीसी पास गर्न एमाले सहमतिको नजिक, सभामुखको विकल्प खोज्न काँग्रेस तयार

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौं । हिजो (बिहीबार) डाकिएको प्रतिनिधि सभाको बैठकअघिसमेत गबन्धनभित्र एमसीसीका विषयमा सहमति नजुटेपछि काँग्रेस विकल्पको रोज्न अघि बढेको हो । काँग्रेस पछिल्ला केही दिनयता सभामुखको भूमिका प्रतिसमेत असन्तुष्टसँगै सचेत बनेको छ ।

उच्च स्रोतका अनुसार प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीमा सहमति गर्ने अवस्था बन्दै गर्दा काँग्रेससमेत एमालेले उठाउँदै आएका मागप्रति लचक बनेको छ ।

‘गठबन्धनमा पनि बस्ने सरकारको प्रस्तावको विरोधमा पनि उत्रने, यो शैली देशकै लागि हानिकारक छ भन्ने काँग्रेसको निष्कर्ष हो, एमसीसी पास गर्ने विषयमा एमाले लचक भए उसले उठाएका माग पूरा गर्न सरकार पनि लचक हुन्छ, अब अवस्था त्यस्तो बन्दै छ, त्यहीअनुसार तारन्तार संवाद अघि बढेका छन्,’ स्रोतले भन्यो ।

बैठकमा सहभागी काँग्रेस महामन्त्री गगन थापाले एमालेसँगको संवाद सकारात्मक रहेको जानकारी दिए ।

‘एमालेसँग काँग्रेसको प्रस्ताव राष्ट्रिय महत्वको विषयमा सँगै जाऔं भन्ने हो, संविधान बनाउँदादेखि पटकपटकसँगै उभिएका छौं, यो कुनै सहयोगको विषयभन्दा पनि अन्तर्राष्ट्रिय सम्बन्धको विषय भएकाले एउटै धारणा बनाऔं भन्ने हाम्रो प्रस्ताव हो, उहाँहरू पोजेटिभ हुनुहुन्छ, अब कसरी अगाडि बढ्ने भन्नेमा केही कुरा अड्किएको छ, त्यसमा पनि सहमति बन्ने अवस्था छ,’ काँग्रेस महामन्त्री थापाले भने ।

बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङले वार्ता सकरात्मक दिशामा अघि बढेको जानकारी दिए । ‘एमाले र काँग्रेसबीचको संवाद सकारात्मक दिशामा अघि बढेको छ, हाम्रा मागका विषयमा काँग्रेस सहमतिनजिक छ, हामी पनि माग पूरा भए एमसीसी पारित गर्न र संसद् सुचारु गर्न तयार छौं,’ बैठकपछि नेम्बाङले भने ।

नेम्वाङले शुक्रबार बिहान पुनः दुई दलका शीर्ष नेताहरूबीच छलफल हुने जानकारी दिए । स्रोतका अनुसार १० फागुनमासमेत प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै गठबन्धनभित्र असहमति कायम भए विकल्पमा गएर एमसीसी पास गर्ने र एमालेले उठाएका मागमा काँग्रेसले साथ दिने विषयमा प्रधानमन्त्री देउवा र एमाले ओलीबीच भद्र सहमति बनेको थियो । यो समाचार राजधानी दैनिकमा छ ।