काठमाडौँ। संसदमा टेबुल भएको अमेरिकी सहयोग नियोग भनिएको मिलेनियम च्यालेन्ज कर्पोरेशन( एमसीसी) विरुद्ध संसद बाहिर रहेका कम्युनिष्ट पार्टी निकट रहेका कवि,कलाकारहरुले सडक प्रदर्शन गरेका छन्। नयाँ बानेश्वर चोकमा ‘राष्ट्रघाती एमसीसी विरुद्ध सांस्कृतिक प्रतिरोध सभा’ आयोजना गरेर विभिन्न ६ पार्टी निकटका कवि कलाकारहरुले सडक कविता वाचन गरेर, नाचेर, गाएर एमसीसीको विरोध गरेका थिए। कार्यक्रममा दर्जनौं कविहरुले सडक कविता वाचन गरेर सुनाएका थिए भने जनकलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए।
हेरौं तस्वीरहरु⇓