• चैत्र १८ २०८१, मंगलवार

पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना पुष्टि, २ को मृत्यु

फाल्गुन ११ २०७८, बुधबार

काठमाडौँ। देशभर थप ३ सय १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार १०३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ सय ५६ जना र ३ हजार ५९० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५६ जनामा गरी जम्मा ३१२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ००३ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ सय ११ जना निको भएका छन् ।


Advertisement

यसैगरी सङ्क्रमणकै कारण पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ ।

हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित रहेका छन् ।