काठमाडौँ। अफ्रिकी देश बुर्किना फासोको एउटा सुन खानीमा विष्फोट हुँदा ६३ जनाको ज्यान गएको छ । बुर्किना फासोको दक्षिण पश्चिमी गावा शहर नजिकको एउटा गाउँमा रहेको अस्थायी सुन खानीमा विष्फोट भएको हो।
सुन खानी आसपासको बजारमा डाइनामाइट भण्डार गरेर राखिएको ठाउँमा आगलागी हुँदा जनधनको ठूलो क्षती भएको हो । घटनामा कयौँ घाइते भएका छन् । उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको बताइएको छ। घटनाबारे छानबिन थालिएको प्रहरीले जनाएको छ । बुर्किना फासो अफ्रिकाको सबैभन्दा बढी सुन उत्पादन गर्ने देश हो ।
( एजेन्सी)