• मंसिर ११ २०८१, मंगलवार

भिष मागेर बाँचेको रुस आज कसरी सम्पन्न भयो ?

फाल्गुन ११ २०७८, बुधबार

समाजवादमा उत्पादनका साधनहरु सामूहिकीकरण, राष्ट्रियकरण गरी समाजमा गरिब, धनी, शोषण दमनको अन्त गर्न पर्छ भनेर शब्दहरु कार्ल मार्क्स, एंगेल्सहरुले लेख्नुभयो र लेनिनले त्यसको दृढ समर्थन गर्दै अरु कैयौँ लेख, साहित्यहरु लेख्नुभयो ।

मक्सिम गोर्कीले पनि आफ्नो विश्व प्रसिद्ध उपन्यास ‘आमा’ को मूल नाटक पाभेलमार्फत् मीठो, रसिलो र दृढतापूर्वक त्यसको वकालत गर्नुभयो तर हजारौँ वर्ष अघिदेखि दास मालिक, सामन्त, जमिन्दार, पुँजीपित, सुदखोरहरुको कब्जामा रहेको त्यहाँको विशाल भूमिमा  फैलिएका  हजारौँ जाति, जनजातिहरुका सम्पूर्ण शक्ति र स्रोतहरुलाई मध्यनजर गरी इतिहासमा सर्वप्रथम सोभियत राज्य स्थापना गर्न र त्यो राज्यको अधिनमा कलकारखानाहरु, उद्योग खानी, जग्गा, जमिनहरु, फर्मजस्ता उत्पादनका साधनहरु ल्याउन र सफलतापूर्वक मजदुर, किसानहरुलाई स्वामित्व वितरण गर्न कति चुनौती, संकट र कठिन पर्यो होला ? एक सय वर्षपछि आज कल्पना मात्र गर्न सकिन्छ ।

‘कुरो गर्नु र कुलो खन्नु’ आकाश पाताले  झैं  फरक हुन्छ भन्ने नेपाली उखान छाडलो खन्दा ढुङ्गा पहरा, भीर, माटाको सुरुङ, पत्थरको सुरुङ, पुल, पुलेसा लगायत, भड्खारो, अवर्णनीय कुराहरु पनि हुन्छन् । स्टालिनले ती सबै कुराहरु भोगेका हुन् ।

सोभियत संघका बोल्सेभिक पार्टी सदस्यहरु, लालसेनाहरुलाई मार्क्सवाद, लेनिनवादका सिद्धान्त र उद्देश्यहरुबारे विशेष प्रशिक्षण, प्रचारप्रसार र प्रभावले उद्योग, खानी र कलखानाहरु सामूहिकीकरण, जमिनको कम्युनिकरण, यान्त्रीकरण र बैंक, यातायात, स्वास्थ्य उपचारजस्ता कुराहरु राष्ट्रियकरण गर्न सफल भएको हो ।

जुन प्रारम्भिक घडीमा त्यहाँका अघिका डाक्टर, इन्जिनियर, विशेषज्ञ र कर्मचारीहरु विदेश पलायन भएका थिए जो मजदुर किसान सामानको जीवन जीउन पर्ला भनेर डराउँथे भने कैयौँ भ्रष्ट  नोकरशाहहरु सजाय मिल्ला भनेर डराउँथे । वास्तवमा सोभियत संघमा समाजवादको निर्माण र विकास मूलतः त्यहाँका अशिक्षित तर ज्यादै परिश्रमी, इमान्दार, मजदुर, किसानहरुले सिर्जना गरेका हुन् । चीनमा पनि त्यस्तै भएको थियो ।

जमिनदार, सामन्त र सुदखोरहरुको नियन्त्रणबाट जग्गा जमिनहरु राज्यले सुरुका दिनहरुमा किसानहरुलाई वितरण गर्यो र पछि किसानहरुलाई प्रशिक्षण र स्पष्ट पारेर उनैका सहयोगमा सामूहिकीकरण र कम्युनीकरण गर्यो ।

मजदुर, किसानहरु, युवाहरु र महिलाहरुमा जागरण यसरी ल्यायो कि सोभियत संघको राज्य उनको हो, उनैले बनाउनु पर्ने र संरक्षण गर्नुपर्ने दायित्व पनि उनैको हो । अनि त मान्छेहरु दिनको १४– १६ घण्टासम्म खटेर अहोरात्र आफ्नो दिलोज्यानले सहयोग गरे, श्रमदान गरे ।

जब कि राज्यको नीति दिनको आठघण्टा, हप्ताको एक दिन बिदा र ६० वर्ष माथिकालाई श्रमदान गर्न नपर्ने बरु पेन्सन थियो । मानव जातिको इतिहासमा सर्वप्रथम सोभियत संघमा उलटपुलट भयो । खाद्यान्न भनौँ अन्न, तरकारी, फलपूmल, माछामासु, तेलहन, दलहन लगायतका कुराहरुका उत्पादन यति प्रचुर भयो कि सोभियत संघको स्टालिनकालमा त्यसको मूल्य नै थिएन, भए पनि नगन्य थियो ।

कृषि उत्पादनमा यान्त्रीकरणको नीति अपनाएर राज्यले कृषकहरुका परिश्रमको समयलाई घटाएर ६ घण्टामा झार्यो, ठूला उद्योगका विकासमा तीव्रता दिएर चौतर्फी उन्नति, प्रगति गर्यो । ठूलासाना नदीहरुमा बाँध बाँधेर जताततै सिचाईं सुविधा पुर्यायो, साइबेरियामा ५ हजार किलोमिटरको सडकमार्ग निर्माण गरेर कायापलट गर्यो ।

एसियाको भ्लादिभोस्टकदेखि युरोपको मास्कोसम्म रेलमार्ग निर्माण गरेर अकल्पनीय कुराहरु पूरा गर्यो । रेलगाडीका इन्जिन र डिब्बाहरु, हवाईजहाज, पानीजहाजहरु, ट्याक्टर र गाडीवाहनहरु जस्ता सयौँ महत्वपूर्ण यन्त्र साधनहरु स्टालिनको नीति निर्देशन र रेखदेखमा देशभित्रै निर्माण हुन थाल्यो ।

यसको लागि फलाम खानी, कोइला खानी, पेट्रोलियम खानी र अन्य सम्पूर्ण खानीहरुको उत्खनन् र अनुसन्धान पनि उच्च रुपले हुन थाल्यो । तीस र चालिसको दसकमा यो कुरा भएको हो । जुन अवधिमा पश्चिमा पुँजीवादी मुलुकहरुमा महामन्दी छाएको थियो ।

त्यहाँका मजदुर र किसानहरु महँगी, बेरोजगार र अभावले सम्वृद्ध सोभियत संघमा हजारौँ र लाखौँ संख्यामा प्रवेश गर्न थालेका थिए त्यस अन्तरालमा ।

स्टालिनकालमा सोभियत संघको चारैतिर पुँजीवादी, सामन्ती र साम्राज्यवादी राज्यहरु भएकोले कुनै पनि बेला युद्ध वा आक्रमण हुन सक्ने सम्भावना थियो । तसर्थ आत्मरक्षाको लागि सोभियत संघको सरकारले लालसेनाको स्तर उन्नति अनि साना तथा ठूला हतियारको कारखानाहरु निर्माण गरेर प्रतिरक्षा प्रणालीलाई मजबुत पारिएको थियो ।

आत्मनिर्भर बनेको थियो । नभन्दै दोस्रो महायुद्धमा हिटलर, मुसोलिनीको फासिस्ट र नाजी सैन्यशक्तिले सोभियत संघमाथि आक्रमण गर्यो । तर स्टालिन नेतृत्वको सोभियत संघका लालसेनाहरुले त्यसपछि ढुस्कुट पारिदियो । जुन संग्राममा चीन, कोरिया, मंगोलियाका लाखौँ योद्धाहरुले पनि रुसी लालसेनामा भर्ती भएर हिटलरी सेना विरुद्ध लडेका थिए र हजारौँ संख्यामा सहिद भएका थिए ।

माओत्सेतुङको छोरा आन यिङ र उत्तर कोरियाली नेता किम इल सुङ स्वयम् पनि दोस्रो महायुद्धमा रुसी लालसेना थिए । आन चिङ उत्तर कोरियाको स्वाधीनताको संग्राममा अमेरिकी सेना विरुद्धको युद्धमा सहिद भए, सन् १९५२ तिर ।

सोभियत संघका सम्पूर्ण मजदुर र किसानहरुलाई निःशुल्क स्वास्थ्योपचार, शिक्षा र यातायात पनि निःशुल्क राज्यले उपलब्ध गरायो । साथै उनीहरुका सन्तानहरुका लागि बालविकास केन्द्र, नर्सरी शिक्षा केन्द्र, वृद्धहरुलाई वृद्धाश्रम कृषिफर्म, जग्गा जमिन लगायत सम्पूर्ण उत्पादनका साधनहरु सामूहिकीकरण, राष्ट्रियकरण र कम्युनीकरण सम्भव भएको हो । यसमा यान्त्रीकरणले ठूलो भूमिका खेल्यो । तसर्थ यो स्वयमा स्टालिनवादको परिाणम थियो ।

स्टालिन : पञ्चवर्षीय योजनाका प्रणेता

पुँजीवादी मुलुकहरुमा हरेक वर्ष हजारौँ विज्ञहरु र विद्वान्हरु जन्मिए पनि एक शताब्दी अघि उनीहरुका योजना एक वर्षका हुन्थे । सोभियत संघले भने नयाँ योजना व्यवहारत प्रदर्शन गरे, पञ्चवर्षीय आयोजना ।

ठूला उद्योगहरुको निर्माण र विकास, जमिनको कम्युनिकरण हजारौँ कि.मी.लामो सडक तथा नहरहरुको निर्माण, रेलका लिगको तयारी जस्ता सयौँ महत्वपूर्ण कुराहरु सफलताको शिखरमा उक्लन स्टालिन नेतृत्वको सोभियत संघको सरकारले अगाडि सार्यो ।

जुन प्रायः हरेक आयोजनाहरु लक्ष्यभन्दा अघि नै सफल हुन्थे । यो सिद्धान्त विश्वका सम्पूर्ण राष्ट्रहरुले अवलम्बन गरिरहेछन् तर तीमध्ये कसैले पनि उक्त सिद्धान्तका प्रणेता स्टालिनको नाम लिँदैन । जुन सबै खालका विज्ञ र वैज्ञानिकहरुका लागि पनि प्रेरणापूर्ण मार्गदर्शन हुन् ।

पञ्चवर्षीय आयोजनाको परियोजना किन पनि आएको हो भने वर्षमा ३६५ दिन हुन्छन् । जुन अन्तरालमा बालीनाली २ वा ४ मात्र हुन्थ्यो । खाद्यान्न बिना कुनै पनि श्रमिकहरुले श्रम गर्न सक्दैनन् । तसर्थ खाद्यान्न, श्रमिक वर्गको क्रियाशीलता र राज्यको क्षमतालाई मध्यनजर गर्दै स्टालिनबाट पञ्चवर्षीय आयोजनाको अवधारणा आएको हो ।

अनि कुनै पनि भौगोलिक धरातलमा जनसंख्याको निश्चित स्रोत हुन्थ्यो तर परियोजना विशाल पनि रहन्थ्यो जस्तो कि वाल्टिक खाडीबाट दक्षिण एसियाको क्यासपियन सागरसम्मको तीनहजार किलोमिटर भन्दा लामो नहरको निर्माण । यसरी लामो दुःख र संघर्ष गरेर आफूलाई अब्बल सावत गर्न सफल भएको रुस आज संसारकै शक्तिशाली देशमा दरिएको छ ।

यसको यो शक्तिलाई तहसनहस पार्नका लागि अमेरिका लगायत पश्चिमा मुलुकहरु लागिरहेका छन् तर पनि रुसले आज आफूलाई उत्पादन, प्रविधि र न्यायको क्षेत्रमा पश्चिमा देश भन्दा फरक देखाउन निकै प्रयत्न गरिहेको छ । उसको यही अथक मेहनत र लगनशीलतका कारण उसको दुश्मन देश अमेरिका ऊ सित निकै डराइरहेको छ ।

हिजो कुनै बेला रुसलाई कमजोर बनाएर रुसलाई टुक्रा टुक्रा पार्न सफल भएको अमेरिकाआलाई आजको समृद्ध रुसले टक्कर दिइरकेको छ । फलस्वरुप आज अमेरिका रुससित डराइरहेको छ । स्टालिन र लेनिनले स्थापना गरेको रुसको विकासको जगमा टेकेर नै आजको रुसले प्रगति गरेको हो ।

उनै लेनिन र स्टालिनले सुरु गरिदिएको विकास र उत्पादनको कामलाई आजका त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले निरन्तरता दिएका छन् ।