काठमाडौं । नेपाल १०७ रन बनाएर यूएईसँग पराजित भएको छ । यो संगै आईसीसी टी–२०विश्वकप खेल्ने नेपालको सपना यसपालि पनि अधुरै रहयो । नेपाल ६८ रनले पराजित भएको हो ।
सेमिफाइनलमा यूएईले दिएको १७६ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा सबै विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८, ज्ञानेन्द्र मल्लले २० र आरिफ शेखले ११ रन बनाए। बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन्।