• फाल्गुन २३ २०८२, शनिबार

टोखामा पनि नेपाल भाषाको पढाई हुने

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । काठमाडौंको उत्तरी भेगमा अवस्थित ऐतिहासिक नगरी टोखा नगरपालिकामा अब नेपाल भाषा विषय पनि समावेश पढाई हुने भएको छ ।

सो नगरपालिकाको वडा नं. २ र ३ मा नेपाल भाषा विषय समावेश गराउनका लागि वडा नं ३ को सभाहलमा नेपाल भाषा शिक्षक प्रशिक्षण शिक्षक प्रशिक्षण फागुन ८ गतेबाट सुरु भएको छ ।

करिव पाँच दिनसम्म चल्ने नेपाल भाषा शिक्षण प्रशिक्षण शिक्षा युवा तथा खेल शाखा टोखा नगरपालिकाको आयोजना र मातृभाषा संरक्षण अभियान टोखाको प्राविधिक सहकार्य, शिक्षक प्रशिक्षण, प्रमुख अतिथि टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल लगायतले संयुक्त रूपमा उद्घाटन गरे ।

कार्यक्रममा मातृभाषा संरक्षण अभियान टोखाका अध्यक्ष श्रीकृष्ण मानन्धर, टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशी, वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ टोखा नगरपालिकाका शिक्षा शाखा प्रमुख बाबुराम गौतम लगायतले नेपाल भाषाको महत्वबारे धारणा राखे ।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीले नेपाल भाषा शिक्षक १ सय ७२ जनाको शिक्षक सेवा करार अन्तर्गत नियुक्त गरेर प्रत्येक वर्ष समयावधि थपि गरिने जनाउँदै शिक्षक नियुक्ति गर्ने तयारी गरिसकेको जनाए ।

टोखा नगर उपप्रमुख ज्ञानमाया डंगोलले टोखा नगरपालिका वडा २ र ३ मा सम्पदा संरक्षण गर्ने अभियानका लागि स्थानीय नेपाल पाठ्यक्रम समावेश गर्ने निणर्य पश्चात नगरसभाबाट सर्वसम्मत पारित गरेको जानकारी दिइन् ।

उनले नेपाल भाषा नेवार समुदायको भाषा हो, एउटा जातिको मात्रै भाषा हो भन्ने सो बदल्नुपर्नै धारणा राखिन् ।

कार्यक्रममा नेवाः विद्यार्थी युनियनका महसचिव प्रशान्त डंगोलले नेवाः विद्यार्थी युनियनको संयुक्त पहलमा वि.स २०७३ सालमा आफूहरूले काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पसमा वि.ए. तहमा नेपाल भाषा पुनस्थापना अभियान चलाएको र हाल पनि हुँदै काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिकाहुँदै टोखा नगरपालिकामा समेत स्थानीय सरकारको विशेष पहलमा टोखा नगरपालिकामा पनि स्थानीय भाषाको रुपमा पढाइ शुरु गर्नु गर्वको विषय भएको बताए ।

आफूहरूको लामो संघर्ष पश्चात रत्नराज्य लक्ष्मी क्याम्पसमा एमए तहमा यस भााषको पढाइ भइरहेको जनाउँदै नेपाल वि.ए.तहमा नेपालभाषा विषयको भर्ना लिइरहेकाले भर्ना हुनका लागि विशेष अनुरोध गर्दै मातृभाषाको सेवा गरी संरक्षण, प्रर्वद्वन गर्नु सबै भाषासेवीको कर्तव्य रहेको जनाए ।

नेवाः अभियन्ता कृतन श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा टोखा नगरपालिकाका शिक्षा युवा तथा खेलशाखा प्रमुख खगेन्द्रसिंह धामी, नेवाः वस्ती नेवाः स्कुल अभियानका संयोजक दिपक तुलाधर, टोखा नगरपालिकाका कानुनी सल्लाहकार बेखा नारायण डंगोल, टोखा नगरपालिका वडा २ का अध्यक्ष दिपकराज जोशी, टोखा नगरपालिका वडा नं ३ का सदस्य हरिमान श्रेष्ठ र सृजना आचार्य समेत थिए ।