• फाल्गुन २६ २०८२, मंगलवार

रुसी कदमको राष्ट्रसंघद्वारा निन्दा, अमेरिका भन्छ– ‘बकबास’

फाल्गुन १० २०७८, मंगलवार

काठमाडौं । युक्रेनी बिद्रोहीहरुको नियन्त्रणमा रहेका पूर्वी युक्रेनका दुई राज्यलाई मान्यता दिने रुसी कदमको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले निन्दा गरेका छन् । रुसले यस्तो कदम उठाएर युक्रेनको सार्वभौमसत्ता उल्लङ्घन गरेको गुटेरेसको भनाइ छ ।

महासचिव गुटेरेसका प्रवक्ता स्टेफेन जुडारिकले एक प्रेस विज्ञप्ति जारी गर्दै रुसको उक्त कार्यलाई ‘महासचिवले युक्रेनको क्षेत्रीय अखण्डता र सार्वभौमसत्ताको उल्लङ्घन तथा राष्ट्र संघको बडापत्रका सिद्धान्तहरूसँग असंगत भएको’ रुपमा लिएको बताएका छन् ।

अमेरिकाले रुसी कदम बकबास भएको भन्दै त्यसको निन्दा गरेको छ । ‘रुसले पूर्वी युक्रेनमा शान्ति स्थापनाको अभियान भनेको ‘बकवास’ हो । राष्ट्रसंघका लागि अमेरिकी दूत लिन्डा थोमस ग्रिनफिल्डले ‘मस्कोले विखण्डित क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु भनेको युद्ध भड्काउने बहानाको एक अंश’ भनेकी छिन् ।