काठमाडौँ। नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ।
त्यस्तै तेजावी सुनको भाउ पनि ९६ हजार ५ सय रुपैयाँ पुगेको छ।
यसैगरी मंगलबार चाँदीको भाउ पनि बढेको छ। चाँदी आज तोलामा १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।