काठमाडौं । ‘सरकारमा मन्त्री बनेका धेरै नेताहरू एमसीसीको पक्षमा छन् । मन्त्री बन्न नपाएकाहरू एमसीसीको विरोधमा छन् ।
नेकपा ९माओवादी केन्द्र०कोभन्दा नेकपा ९एकीकृत समाजवादी०का मन्त्रीहरूको जोडबल एमसीसीका पक्षमा छ,’ गठबन्धन आबद्ध दलका ती नेताले भने ।
सरकारमामन्त्री रहेकी नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको धारणा नै सरकारमा रहुन्जेल आफ्नो धारणा हुने भन्दै एमसीसीमा कूटनीतिक भाषामार्फत समर्थन जनाउँदै आएकी छन् ।
मन्त्री झाँक्रीले ‘तपाईँको पार्टीको निर्णय एमसीसीका विरुद्धमा हो रु’ भन्ने प्रश्नमा राजधानीसँग भनिन्, ‘पार्टीले निर्णय गर्दै गर्छ ।’
यसैगरी, नेकपा एसबाटै सरकारमा मन्त्री रहेका प्रेम आले, मन्त्री किसन श्रेष्ठ र विरोध खतिवडासमेत एमसीसीका पक्षमा छन् ।
स्रोतका अनुसार माओवादी केन्द्रका नेता जनार्दन शर्मासमेत एमसीसीको विपक्षमा छैनन् । तर, पार्टीभित्रको आन्तरिक समस्याका कारण उनी खुलेका छैनन् ।
आइतबार संसद्मा एमसीसी टेबल गर्दा उनको साटो सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए । यो समाचार राजधानी दैनिकमा छ ।