काठमाडौं । लोकसेवा आयोगले आफ्ना सबै निर्धारित परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।
गत माघ २६ गतेको सर्वोच्च अदालतको आदेश कार्यान्वयनको सिलसिलामा तोकिएका परीक्षा स्थगित भएको लोकसेवा आयोगले जनाएको हो ।
आगामी फागुन १३ गतेदेखि शाखा अधिकृत वा सो सरह (प्राविधिक) का परीक्षा तोकिएको थियो।