खगेश्वर भण्डारी, दाङ ।
मलाई प्यास लाग्दा
पहराको तिर्तिरे मूल नै पर्याप्त छ
उर्लेको भेलले तिर्खा मेटाउँदैन
ए नेताज्यू, मूल बेच्न पाइँदैन
दानवीरले दियो भन्दैमा
आमालाई विष पिलाइँदैन
भो मलाई तिम्रो दान चाहिँदैन
मेरा खुट्टा छन्
मलाई हिंड्न सिक्नुछ
ए दाता ! बैसाखी नदेखाऊ
तिम्रो बैसाखीले मलाई सधै सधै
कुँजो बनाएको छ
मेरा आफ्नै हात छन्
मलाई खुल्ला छोड
म आफ्ना हात आफै चलाउने मन छ
तिम्रो दानले यी हात बन्धक बनाउनु छैन
सुनको पलङ दाइजो दिएर
सुनकै पलङमा सुताएर
आमाको बलात्कार !
वा रे वा दानवीर
मलाई तिम्रो दान स्वीकार छैन
भो मलाई एमसिसी चाहिंदैन
दानमा पनि धम्की !
तिम्रो दानमा आमालाई सुनको हार
फुलबुट्टे सारी
जब चिटिक्क पर्छिन्
अनि बलात्कार
खबरदार
यस्ता कुनै दान खाइँदैन
भो मलाई एमसिसी चाहिंदैन ।