• फाल्गुन २७ २०८१, मंगलवार

फिलिपिन्सलाई नेपालले दियो दुई सय १९ रनको विशाल लक्ष्य

फाल्गुन ७ २०७८, शनिबार

काठमाडौँ। । ब्याटिङमा ओपनर कुशल भुर्तेल र दिपेन्द्रसिंह ऐरी चम्किएपछि नेपालले आईसीसी टी-२० विश्वकप ग्लोबल छनोटको दोस्रो खेलमा फिलिपिन्सलाई जितका लागि दुई सय १९ रनको विशाल लक्ष्य दिएको छ ।

ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय १८ रन बनाएको छ । नेपालका लागि कुशल भुर्तेलले अविजित एक सय चार, दिपेन्द्रसिंह ऐरीले ८३, कुशल मल्लले १२ र लोकेश बमले अविजित ६ रन बनाए । कुशलले ६१ बलमा १३ चौका र एक छक्काको सहयोगमा सतकीय पारी खेलेका हुन्।

ऐरीले ४७ बलमा ६ चौका र चार छक्काको सहयोगमा ८३ रन बनाएका थिए। ओपनर आरिफ शेख शुन्य रनमा आउट भए । बलिङमा फिलिपिन्सका डानियल स्मिथ, मिडी पोडोस्की र गुर्भुपिन्डर चोहानले एक एक विकेट लिए ।