काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित गोही प्रजनन केन्द्रमा हुर्काइएका २० घडियाल गोही कसरास्थित राप्ती नदीमा छाडिएका छन् । यिनमा २ भाले र १८ पोथी रहेका छन् । यीसहित यस वर्ष नदीमा छाडिएका गोहीको संख्या १०७ पुगिसकेको छ ।
चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले यो काम गर्दै आइरहेको छ । समितिका अनुसार स्थानीय जनतासहित सबैको साथ र सहयोग रहँदै आएकाले गोही संरक्षण कार्य सम्भव हुँदै गएको हो ।
निकुञ्जले यस आर्थिक वर्षमा १०० वटा गोही छाड्ने लक्ष्य लिएको थियो । विभिन्न समयमा नदीमा छाडिएका गोहीको तथ्याङ्क भने १ हजार ६९२ रहेको छ, जसमा राप्ती नदीमा ६७, नारायणीमा २० र कोसीमा २० वटा गोही छाडिएको छ ।