काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रशोधित पिउने पानी एक्वा हन्ड्रेड पानी प्रयोगशाला परीक्षणमा दूषित पुष्टि भएको जनाएको छ ।
मूल्य र गुणस्तरमा प्रिमियम दाबी गर्ने सो ब्रान्डको पानी उद्योगबाट बजारमा बिक्रीमा पठाइएको पानीको गुणस्तर मानिसको स्वास्थ्यका लागि हानिकारक रहेको पाइएको विभागका प्रवक्ता मोहन कृष्ण जानकारी दिए ।
‘मानिसको स्वास्थ्यलाई दीर्घकालिन असर पर्ने दूषित प्यारामिटर एक्वा हन्ड्रेड पानीमा देखियो,’ काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ’ विभागका प्रवक्ता मर्हजनले भने । उद्योगलाई ५० हजार जरिवाना वा तीन वर्ष कैद तथा दुवै सजाय माग राखी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।
एक्वाले प्रिमियम ब्राण्ड भन्दै आफ्नो पानी बजारको सामान्य पानी भन्दा झण्डै चार गुणामा बिक्री गर्छ ।