काठमाडौं । चीनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न अमेरिकाले दबाव दिइरहेको आरोप लगाएको छ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिङले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपालमा अमेरिकाले ‘बलजफ्ती कूटनीति’ गरेको आरोप लगाए।
उनले त्यसको विरोध गर्दै चीनले प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।
चिनको सरकारी संचार माध्यम ग्लोबल टाइम्सका पत्रकारले फेब्रुअरी २८ तारिख भित्र एमसीसी पारित नभए नेपाल अमेरिका सम्बन्ध प्रभावित हुन सक्छ भन्ने अमेरिकी अधिकारीहरुको भनाईबारे सोधिएको प्रश्नमा चीनको यस्तो भनाई आएको हो।
अमेरिकी विदेश मन्त्रालयका पवक्ता नेड प्राइसले एमसीसीलाई लिएर नेपालमा भइरहेको विवाद पछाडी चीनको हात हुनसक्ने टिप्पणी गरेका थिए ।