• मंसिर २० २०८१, बिहीबार

बन्द नगरी नदिनाला बेचेको थाहा हुँदैन

फाल्गुन ६ २०७८, शुक्रबार

यहाँ बन्द नगरी कर्णालीको पानी बेचेको थाहा हुँदैन
यहाँ बन्द नगरी अरबौँमा खानी बेचेको थाहा हुँदैन ।

बन्दको विरुद्ध धारेहात लगाउँदै कुर्लंने बिचरा बाउलाई
यहाँ बन्द नगरी आफ्नै घरको नानी बेचेको थाहा हुँदैन ।

विद्रोहलाई अपराध घोषणा गरेका छोटे महाराजलाई
बन्द नगरी आफ्नै महलको रानी बेचेको थाहा हुँदैन ।

अरबतिर पनि खुब जर्किन्छन् युवा विकल्प खोज भन्दै
जसलाई दलालहरुले छानीछानी बेचेको थाहा हुँदैन ।

हिजोमात्रै भोट हालेर राष्ट्रवादी बनेको सानेलाई
बन्द नगरी आफ्नै मनको सानी बेचेको थाहा हुँदैन ।