• असार १८ २०८१, सोमबार

दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनिन् सीता

फाल्गुन ६ २०७८, शुक्रबार

सीता परियार दलित समुदायबाट पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) भएकी छिन् । गृहमन्त्रालयले बिहीबार साँझ उनलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीमा नियुक्त गरेपछि उनी आफ्नो समुदायबाट नेपालमा पहिलो सिडिओ बनेकी हुन् ।

निजामती सेवामा प्रवेश गरेदेखि जनताको निरन्तर सेवा गर्दै आएकी परियार यसअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा सहायक सिडिओको रुपमा कार्यरत थिइन् ।

गृहमन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले परियार आफ्नो समुदायको पहिलो महिला प्रजिअ भएकोमा खुशी व्यक्त गरेका छन् । पोखरेल भन्छन्, ‘अहिलेसम्म दलित समुदायबाट महिला प्रजिअ भएका थिएनन् ।’

प्रशासनिक वरियताका क्रममा प्रजिअ सीता अहिले उप–सचिव हुन् । यसअघि दलित समुदायबाट डा.मानबहादुर विश्वकर्माले सचिव बनेर देश र जनताको सेवा गर्ने मौका पाएका थिए ।