• मंसिर १२ २०८१, बुधबार

सलमान खान नेपाल आउने हल्ला

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौं । बलिउड चर्चित अभिनेता सलमान खान फेरि नेपाल आउने हल्ला चलेको छ । यसअघि २०७४ साल फागुनमा पनि उनी नेपाल आउने हल्ला फैलिएको थियो।

आगामी वैशाख ३ गते खान नेपाल आउने भएका छन् । काठमाडौंको दशरथ रंगशालामा आयोजना हुने कार्यक्रममा सहभागी हुन सलमान नेपाल आउने भएका हुन्।

ओडीसी इन्टरटेनमेन्टले खानसहितको टोलीलाई काठमाडौँ ल्याउने भएको हो। सलमानका साथमा नायिका ज्याकलिन फर्नान्डिज, प्रभु देवा लगायतका कलाकार उपस्थित हुने आयोजकले जानकारी दिएको छ।

यसअघि २०७४ साल फागुनमा पत्रकार सम्मेलन गरी सलमान बस्ने होटल, कार्यक्रमस्थल, सुरक्षाको अवस्थाबारे जानकारी दिइएको थियो। तर, त्यसबेला अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीले धम्क्याएपछि आयोजकले कार्यक्रम तत्काललाई स्थगन गरेको थियो।

सलमान खान तथा अन्य भारतीय कलाकारलाई नेपाल ल्याउन रकम भुक्तानीको अनुमति दिन पर्यटन मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई सिफारिस गरिसकेको छ।

सलमानको नेपाल भ्रमणले कोरोनाको कारणले थिलथिलिएको पर्यटनमा टेवा पुग्ने विश्वास भएको ओडीसी एन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङले बताए।