• मंसिर १३ २०८१, बिहीबार

बेलायत सरकारद्वारा नेपाललाई २१ लाख डोज खोप सहयोग

फाल्गुन ५ २०७८, बिहीबार

काठमाडौं । बेलायत सरकारले नेपाललाई २१ लाख डोज कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ ।

बिहीबार मन्त्रालयमा आयोजना कार्यक्रममा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई सो खोप हस्तान्तरण गरेका हुन् ।

मन्त्री खतिवडाले बेलायत र नेपालको दुई सय वर्षभन्दा पुरानो मैत्रीपूर्ण सम्बन्धको स्मरण गर्दै कोभिड महामारीका बेला बेलायत सरकारले गरेको सहयोगप्रति आभार प्रकट समेत गरे ।

कार्यक्रममा सचिव डा. रोशन पोखरेल, प्रवक्ता डा. संगिता मिश्रालगायतको उपस्थिति रहेको थियो ।