• असार १८ २०८१, सोमबार

सैन्य कमाण्डर अलेक्जेन्डर कसरी विश्वविख्यात साहित्यकार बने ?

फाल्गुन ५ २०७८, बिहीबार

अलेक्जेन्डर सोल्झेनित्सिन् चर्चित रुसी साहित्यकार हुन् । साहित्यकै योगदान दिएका कारण उनले नोबेल पुरस्कार पनि पाएका थिए । उनको जन्म ११ डिसेम्बर १९१८ मा भएको थियो भने मृत्यु ३ अगस्ट २००८ मा भएको थियो ।

अलेक्जेन्डरको जन्म रुसको किल्लो भाड्स्कमा भएको हो । उनको पूरा नाम अलेक्जेन्डर इसेभिच सोल्झेनित्सिन् हो । उनका पिता रुसी फौजमा काम गर्थे, जो प्रथम विश्वयुद्ध जर्मनीको युद्धमैदानमा मारिए । जसले गर्दा उनी गर्भे टुहुरा भएका थिए । उनको आमा थारसिया अलेकसा र काकीले उनलाई हुर्काए । उनको बाल्यकाल त्यति सुखद हुन सकेन ।

उनको प्रारम्भिक शिक्षा किस्लो भाड्स्क विद्यालयमा भयो । सन् १९४१ म गणित र भौतिकशास्त्र विद्यार्थी अलेक्सिमाना रेसेतोमास्क्वासँग सन् १९४१ म विवाह भएको थियो । तर विवाह भएको बाह्र वर्षपछि उनीहरुको सम्बन्ध विच्छेद भयो ।

विद्यार्थी कालमा उनले इतिहास, दर्शन, साहित्य पढे । दोसो विश्वयुद्धमा उनी पनि रुसी फौजमा भर्ना भई युद्धमोर्चामा गए । युद्धमा उनले बहादुरी देखाए, फलस्वरुप उनले दुईवटा पद पनि जिते । तर उनले रुस विरुद्ध प्रचारप्रसार गरे, स्टालिनको विरोध गरे । जसका कारण उनी पक्राउ परे । आठ वर्ष जेल परे ।

उनले जेलमै लेख्न शुरु गरे त्यसक्रममा पेटको क्यान्सर भयो र समयमै उपचार पाएर निको भयो । बन्दी जीवनबाट मुक्त भएपछि उनले मार्क्सवादी विचार त्यागे । त्यसपछि मस्को भन्दा गाँउमा गई अध्ययन गर्न थाले ।

सन् १९६८ मा उनको ‘क्यान्सर वार्ड’ उपन्यास प्रकाशित भयो । त्यसभन्दा अगाडि नै सन् १९६२ मा उनको पहिलो कृति ‘वन दे इन द लाइफ अफ इभान डेमिसोभिच’, प्रकाशित भएको थियो । सन् १९६८ मै उनले चर्चित कृति ‘द फर्स्ट सर्कल’ प्रकाशित भयो ।

सन् १९६६ मा नै उनका कृतिहरु रुसमा प्रतिबन्धित भइसकेका थिए र प्र्र्र्रकाशित कृति पनि जफत गरिएको थियो । तर उनले आफ्ना पाण्डुलिपीहरु युरोप पुर्याएका थिए । सन् १९७० मा उनलाई नोबेल पुरस्कार दिइयो । यो पुरस्कारको घोषणा हुँदा सोभियत संघको डरले उनले स्टकहोममा गएर पुरस्कार थाप्ने आँट गर्न सकेनन् । पछि चार वर्षपछि मात्र उनले उक्त पुरस्कार लिए ।

सन् १९७३ मा ‘द गुलाग आर्किपेलागो’ प्रकाशित भएपछि देशद्रोहको आरोपमा उनलाई कैद गरियो र त्यसको एक वर्षपछि उनलाई देश निकाला गरियो । उनी जर्मनी, स्वीट्जरल्याण्ड हुँदै अमेरिका गए । सन् १९९० मा उनीमाथिको आरोप फिर्ता लिइयो र यसक्रममा सन् १९९४ मा उनी रुस फर्के, अनि सम्मान पनि पाए ।

उनका अन्य प्रमुख कृतिहरुमा ‘वी नेभर मेक मिस्टेक’, ‘फर द गुड अफ द कज’, ‘द रेद ह्वीव’, ‘क्यान्डल इन द वीन्ड’, ‘पर्सियन नाइट्’, ‘इस्ट एण्ड वेस्ट’, आदि छन् ।

उनी साहित्य जगतका विवादास्पद व्यक्ति थिए । उनले रुसी व्यवस्थाको तीव्र आलोचना र विरोध गरे । युवावस्थामै अङ्ग्रेजी साहित्य पढ्न थालेका सोल्झेनित्सिन् दुई दशक अमेरिका बसेर जीवन बिताउँदा समेत अङ्ग्रेजी स्पस्ट बोल्न सकेनन् ।

उनी कम्युनिष्ट विरोधी थिए । उनको निधनमा विश्वका संचार माध्यमले ठूलो चर्चा गरे । रुसी शासनप्रति विरोध र स्टालिनले देश निकाला गरेका कारण उनी चर्चित भएका थिए ।