• मंसिर ११ २०८१, मंगलवार

विश्व इतिहासका उज्वल र अन्धकार पक्षहरु

फाल्गुन ४ २०७८, बुधबार

सन् १९३० को दशकमा तत्कालिन सोभियत संघमा जमिन, ताल, माछा पोखरीहरु, खानी, पशुपंक्षी पालन, फर्महरु, उद्योग, कल–कारखानाहरु सामूहिकीकरण र स्वास्थ्य, शिक्षा, यातायात, बैंक जस्ता संस्थाहरु राष्ट्रियकरणको कारणले खाद्यान्नहरुको उत्पादनको प्रचुरता यति भयो कि गहुँ, मकै, चामल जस्ता अन्नहरुको मुल्य थिएन भनौं नगन्य थियो ।

माछामासु, फलफूल, तरकारी, दलहन, तेलहरुको मूल्य पनि अति थियो । सामन्त, जमिन्दार र सुदखोरहरु पूर्णरुपमा निस्तेज भएको थियो । सोभियत संघको पञ्चवर्षीय योजनाको प्रतिफलपनि हो यो । जुन मानव इतिहासमै विल्कुल नयाँ परिघट्ना थियो ।

यहि बेला अमेरिका, क्यानाडा, जर्मन, व्रिटेन, फ्रान्स, इटली जस्ता पुँजीवादी मुलुकहरुमा चाहिँ आर्थिक मन्दी छाउन सुरु गरेको थियो । यसको पछाडी जनसंस्थाको बृद्धि, प्राकृतिक श्रोतहरुको अभाव एसिया, अफ्रिका, लेटिन अमेरिकी उपनिवेश मुलुकहरुमा जनताको मुक्ति आन्दोलन र तिनलाई दबाउन ठुलो आर्थिक भौतिक र मानविय शक्ति र स्रोतहरुको लगानी नै हुन् । त्यसमा चीनको भूमी क्रान्ति भनौं १९२७ बाट सुरु भएको चिङ काङ सान पहाडको संघर्षलाई दबाउन सबभन्दा महंगो परको हो । चिनका तत्कालिन शासक च्याङकाइसेकलाई पश्चिमा राष्ट्रहरुले असिमित सहयोग गर्नु परेको थियो ।

माओत्सेतुङ, चाउ एनलाई र चुतेहको नेतृत्वको लाल सेनाको शक्ति विरुद्ध च्याङकाईसेकले सन् १९३०–१९३४ सम्म लगातार १ लाख, ३ लाख, ५ लाख, र १० लाख सेनाहरुले ‘घेराबन्दी गरी नष्ट गर ।’ अभियान सन्चालन गरेको थियो । त्यसबेला लाल सेनाहरुले चाहि “घेरा टोड र प्रतिरोध गर ।”
अभियान सन्चालन गरेको थियो । र हरेक पालीको युद्धमा परास्त गरेका थिए ।

लालसेनाहरुले हतियार, गोला बारुद र जनशक्ति रणभूमिमै प्राप्त गर्थे । सन् १९३४ को अक्टोबर नोभेम्बरको युद्धमा चाहिँ माओको “सेना केन्द्रिकरण गर्ने ” निति विरुद्ध पार्टी जानाले १० लाख स्वेतः सेनाहरुसँग प्रतिरोध गर्न नसकेपछि लालसेनाहरु माओकै निति अनुरुप घेरा तोडेर लम्बे अभियानको यात्रा थालेका थिए ।

पुरा २ वर्ष चिनको ११ वटा प्रान्तहरु हुँदै चिनको १०,००० किमी भन्दा बेसी, १० करोड जनताका बस्तीहरुबाट गुज्रंदै सन् १९३६ को अक्टेबर नोभेम्बरमा सुदुर उत्तरको सेन्सी आधार क्षेत्रमा पुगे । यतीखेर ३०,००० मात्र लाल सेना बाँकी थिए । यही लम्वे अभियानको दौरानमा चुनई शहर लाल सेनाले कब्जा गरेपछि पार्टीको विस्तारित सभा भनौँ सम्मेलनमा माओत्सेतुङ अध्यक्ष छानियो । जुन पदमा उहाँ आजिवन रहनु भयो ।

तिसको दशकको सोभीयत संघको जनजीवनको सरलता, सुपथ र सम्वृद्धि तर पश्चिमा मुलुकहरुमा महंगो, कठिन र जोखीमपूर्णको दैनिकीको कारणले दसौँ हजार मजदुर, किसान र युवाहरु सोभियत संघमा प्रवेश गर्न लागे । ती पुँजीवादी मुलुकहरुमा मजदुर आन्दोलन बढ्न थाले । पुँजीवादी मुलुकहरु संकटमा गए तर सामन्त, जमिन्दार, सुदखोरहरुसँग वर्ग समन्वय गरि राज्य सञ्चालन गरिरहेका पुँजीवादीहरु हरेक कुराहरुमा माहिर थिए । उनीहरुले रुसी नेता जोसेफ स्टालिन विरुद्ध ट्राटस्कीको जमातलाई प्रोत्साहन र प्रश्रय दिए ।

अन्तरविरोध चर्काए । सन् १९१७ को अक्टोबर क्रान्ति पश्चात् पनि सन् १९१८ मा प्रथम महायुद्धका मुल शक्ति व्रिटेन, फ्रान्स, जर्मन, इटली, अमेरिका लगायतले लेनिन स्टालिन नेतृत्वको सोभियत रुसलाई ध्वस्त पार्न रुसी प्रतिगामी शक्तिहरुसँग मिलेर गृहयुद्ध मच्चाएका थिए । सन् १९१८–१९२० सम्म सिसु समाजवादी सोभीयत संघ आक्रान्त बनेको हो । तर जोसेफ स्टालिनको कमाण्डिङमा लालसेनाहरुले कुनैपनि मोर्चामा विजय हासिल गरी सोभियत संघलाई बचाएका थिए । यो युद्धमा लाखौ मान्छेहरु मरे ।

सन् १९१९ मै कप्लान नाउँको मेन्सेभिक कार्यकर्ताले लेनिनमाथी गोली वर्षाएर क्रान्तिका मुल नेतृत्वलाई मृत्यु सैयामा पुर्याएका थिए । १९३४ मा स्टालिनका उत्तराधिकारी किरोभलाई पनि लेनिनग्राडमा गोलि हानेर ट्राटस्टीका मान्छेहरुले हत्या गरे । स्टालिन नेतृत्वको पार्टीलाई ध्वस्त पार्न पनि उनीहरुले पार्टी, सेना, सरकार, कम्युन सबै ठाउँमा व्यापक विद्रोह गरि सत्ताकब्जा गर्ने षड्यन्त्र गरे ।

तर बेलैमा त्यसको भेद खुलेकोले उल्टो सफाया भए ट्राटस्टी आफ्नै कार्यकर्ताबाट मेक्सिकोमा मारिए । यो द्वन्दले सोभियत संघ र बाहिरी विश्वमा कम्युनिजमप्रति नकरात्मक प्रभाव पार्यो । सयौँ र हजारौँ वर्ष अघिदेखि शोषक वर्गले हिंसा गरि राज्य चलाउँदै आएको परिवेशमा शान्ति शान्ति भनेर के पो हुन्थ्यो र ? ट्राटस्कीहरुले तरबारमा सान लगाएपछि स्टालिनहरुले पनि आवश्यक तयारी  गर्नै पर्दथ्यो।

सायद माक्र्स, एन्गेल्सहरुले सर्वहारा वर्गको अधिनायकत्वको सिद्धान्त प्रतिपादन गर्नुको कारण यस्तै भएर होला । तर कस्तो आश्चर्य भने सिद्धान्त प्रतिपदन गर्ने माक्र्सलाई महान भनेर कहिल्यै नथाक्ने तर त्यही सिद्धान्तलाई कार्यान्वयन गर्ने स्टालिनलाई सराप्नेहरु थुप्रै मिल्छन ।

सोभियत संघले चमत्कारपूर्ण रुपले आर्थिक, भौतिक, सैनिक क्षेत्रमा विकास गरे । त्यसबेला पश्चिमा विशेषत अमेरिका, व्रिटेन, फ्रान्सले जर्मनको हिटलर र इटलीको फासिस्ट र नाजी पार्टीलाई साेिभयत संघ विरुद्ध उपयोग गर्ने नीति अपनाए । जर्मन र इटलीमा फलाम स्पात कारखाना, हतियार कारखाना, बैंकहरु र अन्य उद्योगहरु स्थापना गरे र सोभियत भूमिमाथी आक्रमण गर्न प्रोत्साहन गरे । अप्रत्यक्ष तर गंम्भीर भूमीकाहरु खेले तिनले ।

सन् १९३९ मा हिटलरले पश्चिम पोल्याण्ड सैन्यशक्तिको आडमा कब्जा गरे । आफ्नो सामरिक सुरक्षाको लागि सोभियत संघले पनि जनताको मागलाई मध्यनजर राख्दै पूर्वी पोल्याण्ड र बाल्टिक गणराज्यहरु आफ्नो संघमा मिलाए । तथापि कुटनैतिक दक्षता प्रदर्शन गर्दै जोसेफ स्टालिनको नेतृत्वमा सोभियत संघले हिटलरी जर्मन र मुसोलिनी इटलीसँग अनाक्रमण सन्धि गरे ।

यी सन्धिहरुले सोभियत संघ युद्ध हैन शान्ति चाहन्छ भनेर चरितार्थ पारे । जुन समयमा सोभियत संघले आफ्नो आन्तरिक तयारी पनि गर्न पाए । तर सन् १९४१ मा हिटलरी जर्मन फासिस्ट लाखौँ फौजले बिना सूचना सोभियत संघमाथी आक्रमण गरे । केहि दिनमै हिटलरी सेना सयौँ किमीभित्र घुस्न सफल भए, लाखौँ लाख जनताको हत्या गरेर उनको पल्टन तुफानी गतिले बढे ।

सोभियत संघको पश्चिमी थुप्रै नाकाहरुबाट हिटलरले २१४ डिभिजन झण्डै ११ लाख सेनाहरुले आधुनिक हतियार सहित आक्रमण गरे । त्यसपछि रुसी लालसेनाको कमाण्ड स्तालिनले आफ्नो हातमा लिए र हिटलरी र मुसोलिनी फासिष्ट र नाजी सेनाहरुलाई नाश गर्ने लाल सेनाहरुको राणनीति र कार्यनीतिहरु तय गरी स्थानिय जनतासँगको सम्बन्ध, गुरिल्ला आक्रमण, दुश्मनको मुल शक्तिसँग प्रतिरक्षा तर त्यसको रसदपानी र आपूर्ती दलको पथमार्गमा गम्भीर र चोटीलो आक्रमण, पहाडी भूमीको युद्ध, जंगलको युद्ध, खोला नदी किनारको युद्ध, शहरको युद्ध, गाउँ बस्तीहरुको युद्ध, मैदानी भुभागको युद्ध जस्ता रणभूमीका सयौँ हजारौ मोर्चाहरु र संग्रामहरुमा स्टालिनको अचुक मार्गदर्शन अविस्मरणीय छन् ।

युद्धमा भागलिने सेनाहरुलाई रसदपानी, गोलीगठ्ठा, औषधी, कपडा, सञ्चार जस्ता अत्यावश्यक कुराहरु आपूर्तीको व्यवस्थापन र उपलब्ध गराउने तत्कालीन सोभीयत संघको २० करोड जनता यति महान् हुन् । उनैले अपराधीहरुका कब्जाबाट सोभीयत संघ, युरोप र विश्व बचाएका हुन् ।

हिटलर र मुसोलीनी फौजले सोभियत संघमा साँच्चिकै राक्षसी आक्रमण गरेका थिए र २ करोड स्टालिन भक्त क्रान्तिकारी जनता र कम्युनिष्टहरुले बलिदान दिन परेको थियो । यता अमेरिका, व्रिटेन र फ्रान्स जस्ता घोर कम्युनिष्ट विरोधी पुँजीवादी साम्राज्यवादी शासकहरु चाहिँ सोभियत संघको पतन अब हुन्छ भनेर मख्ख थियो ।

तर जब हिटलरी सेनाहरुले फ्रान्स कब्जा गरे, लण्डनमाथी उसका हवाई सेनाहरुले बम्बार्ड गरे अनि जापानीज सेनाहरुलेपनि अमेरिकाको होनोलुलु शहरमा बम्बाड गरि त्यँहाको ३ हजार अमेरिकीको हत्या गरे र पूर्वी एसिया र प्रसान्त महासागर वरपर अमेरिका, व्रिटेन र फ्रान्सका उपनिवेशहरु कब्जा मात्र हैन कि आफ्नै राष्ट्रहरुको अस्तित्व समेत जर्मन, इटली र जापानबाट खतरा भएको अनुभूती भनौँ महसुस गरे ।

“हावाले उडाउँला भनेको कसीगंर” आफूलाईपनि त्यो आँधीले उडाउने छाँटकाँट पाए । अनि त रातारात रुजवेल्ट र चर्चीलले सोभियत संघको सर्वोच्च कमाण्डर जोसेफ स्टालिन सामु विन्ती गर्न पुगे “लौ अब हामी हिटलर, मुसोलीनी र तोगो जस्ता मानवद्रोहीहरु विरुद्ध संयुक्त मोर्चा बनाई लडन पर्यो ।”

विश्वशान्ति तथा मनवशान्तिको पथमा दृढता पूर्वक लागि पर्दै आइरहेको र सोभियत संघको चौतर्फी विकास र सम्वृद्धीमा मार्गदर्शन गरी रहेको तर एकाएक हिटलर र मुुसोलिनीको भिषण आक्रमणको प्रतिकार गर्न परिरहेको परिवेशमा जोसेफ स्टालिनलाई अमेरिका र व्रिटेनको प्रस्ताव मनासिवै लाग्यो । तसर्थ विना हिचकाचाहट ३ राष्ट्रिहरुबीच सम्झौता भयो । जुन सम्झौताका मूल बुँदाहरु निम्न थिए ।

१) जर्मनेली हिटलर, इटलीका मुसोलिनी र जापानका तोगोका अतिक्रमणकारी सेनाहरु विरुद्ध सोभीयत संघ, संयुक्त राज्य अमेरिका र व्रिटेन संयुक्त भई तिनको पतनको लागि संयुक्त मोर्चा बनाई लड्ने । जसको नाम मित्र राष्ट्रहरु भनेर संम्बोधन गर्ने । जसको सेनाको नाम मित्र सेना रहने ।
२) मित्र राष्ट्रहरुले आफ्नो जल, स्थल र हवाइ सेनाहरु अतिक्रमणकारी सेनाहरु विरुद्ध संयुक्त भई लडने ।
३) मित्र राष्ट्रहरु एक आपसमा आर्थिक, भौतिक, सैनिक, सञ्चार, लजिस्टीक सम्पूर्ण कुराहरु सम्भव भएसम्म एक अर्कालाई साथ सहयोग गर्ने ।

४) सोभियत संघले आफ्ना प्रभावित राष्ट्रहरुका कम्युनिष्ट पार्टीहरु, ट्रेड युनियन मजदुरहरुले आन्दोलन र संघर्षहरु नगर्ने र अमेरिका र व्रिटेनले पनि ती कम्युनिष्ट पार्टीहरु, ट्रेड युनियन मजदुरहरुलाई धरपकड र गिरफ्तार नगर्ने । जेलमा भएकालाई मुक्त गर्ने, चली रहेको मुद्दाहरु फिर्ता लिने ।
५) मित्र राष्ट्रहरुको संख्या बढाउँदै लाने र विश्वशान्तिको लागी अतिक्रमणकारी राष्ट्रहरु विरुद्धको शक्ति बढाउँदै जाने र तिनलाई पतन तुल्याउने ।
६) समाज र संसारमा शान्ति स्थापना गर्ने इत्यादी ।

दोस्रो महायुद्ध शान्त पार्ने माथीका बुँदाहरुमा हस्ताक्षर भइरहेको परिवेशमा भारतमा चाहिँ अङगे्रज विरोधी आन्दोलन चलिरहेको थियो । स्मरणरहोस् सन् १९४२÷१९४३ तिर नेपालका भुपू प्रधानमन्त्री गिरीजाप्रसाद कोइराला र उनको दाई विसेश्वरप्रसाद कोइरालाबीच बनारसमा एकदिन संम्वाद हुन्छ । जसको सार यस्तो छ । एकदिन दिउँसो विपीले आफना भाईलाई भन्छन् “ए गिरीजा, तिम्रो नेता अमृत डाँगे कहाँ छ ? केरलाका अमृत डाँगे भारतीय कम्युनिस्ट पार्टीका नेता थिए । उहाँ त केरलामा हुनुहुन्छ । गिरीजाले भन्छन् ।

भारतीय कांग्रेसका नेताहरु कहाँ छन् त ?” विपीले फेरि प्रश्न गर्छन् । गिरीजाले जवाफमा भन्छन्, उहाँहरु जेलमा हुनुहुन्छ । विपीले अन्तमा आफ्नो भाईलाई भन्छन् अङग्रेज विरोधी यत्रो आन्दोलन भइरहेको भारतमा कम्युनिष्टहरु कहाँ छन् र काङग्रेसहरु कहाँ छन् आफै बुझ । यस घटनाले गिरिजाको कम्युनिष्टहरुप्रति मोहभङ्ग हुन्छ ।

त्यसबेला भारतमा अङ्ग्रेज विरुद्ध महात्मागान्धीले शान्तिपूर्ण रुपले भारत छोडो आन्दलेन चलाइरहेका थिए । सुवासचन्द्र बोसको नेतृत्वमा आजाद हिन्दूको लागि सेना नै गठन गरेर शसस्त्र संघर्ष सञ्चालन भइरहेको थियो । सुवासचन्द्र बोस र गान्धीका प्रतिनिधिहरुले त्यसबेला जर्मनका हिटलर र जापानीज मुल नेता तोगोहरुसँग प्रत्यक्ष भेटवार्ता गरि व्रिटेन विरुद्ध कसरी जाने भनेर नीति निर्माण र रणनीतिहरु बनाएका थिए ।

२५ अगस्ट १९४५ मा सुवासचन्द्र बोस जापानको एक प्लेनबाट रुसको सहयोगको लागि जाँदै थिए तर प्लेन दुरघटनामा परी सुवासचन्द्र बोसको निधन भयो । यता भर्खर अगष्ट ६ र अगष्ट ९ मा जापानको हिरोसीमा र नागासाकी शहर ध्वस्त भएको थियो । १९४५ अगष्ट १० मा सोभियत संघको लालसेनाले भ्लाडीभोस्तकबाट जापान विरुद्ध युद्धको घोषण गर्यो । तब जापानको सातो पुत्लो उड्यो र १५ अगस्टमा आत्मसमर्पण गर्यो ।

तर चीनियाँहरु चाहिँ अझैँसम्म जापानले २ सेप्टेम्वर १९४५ मा मात्र आत्मसमर्वण गरेको ठान्छन् । यसको मूल कारण भ्लादिभोस्टकबाट रुसी लालसेनाले युद्धको घोषणा गरेपछि मङ्चुरिया आजको कोरियास्थित जापानीज सेनाले आत्मसमर्पण गर्दै रुसी सेना सामु हातहतियार बुझाएका थिए । तर चीनको जनमुक्ति सेना सामु हतियार बुझाएका थिएनन् । चीनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्सेतुङ र जनमुक्ति सेनाका प्रमुख कमाण्डर चुतेहहरुको कडा वक्तव्य पश्चात् मात्र जापानले २ सेम्टेबर १९४५ मा हतियार बुझाउन थालेको थियो ।

जेहोस् झण्डै ५ करोडको ज्यान गएको र १० करोड घाइते अपाङ्ग भएको दोसे महायुद्धलाई साम्य तुल्याउन माथिका तिन राष्ट्रहरु बीच भएका सन्धि संझौताहरु बारे र त्यसले ब्युत्पत्ति गरेका घटना परिघटनाहरु नेपालका विसेश्वरप्रसाद कोइराला र गिरीजाप्रसाद कोइरालाहरुले जीवनमा अध्ययन गरे वा गरेनन् ? त्यस ऐतिहासिक परिस्थितिमा कस्ता कस्ता जटिलताहरु सिर्जीए, ती इतिहासका गर्भमै होलान् तर नेपालका प्रधानमन्त्री बनेका विपी र जीपी कोइराला दुई दाजुभाईहरु बीच युवाकालमा बनारसमा भएको माथिको सम्वाद चाहिँ हालै नेपालवाट प्रकाशित हुने सेतोपाटी अनलाईन डटकममा छापिएको छ ।

जसको सार भारतका कम्युनिष्टहरु अङ्गे्रज उपनिवेशवादी पक्ष धर भएको भाव छ । तर यथार्थमा सन् १९४५ पछि चिनीयाँ कम्युनिट पार्टीले भिषण शसस्त्र मुक्तियुद्ध चलाई रहेको थियो र भारतमा चाहिँ आजाद हिन्द पल्टनले शसस्त्र र गान्धिहरुले भारतीय कांग्रेस पार्टीको नेतृत्वमा शान्तिपूर्ण रुपले भारत छोडो आन्दोलन राष्ट्रव्यापी चलाई रहको थियो । उनीहरु सफलापूर्वक अगाडि बढिरहेको थियो । जहाँ सोभियत सघंको प्रभाव निश्चित पर्नेवाला थियो ।

यो कुरा चतुर व्रिटीस नेताहरुले बेलैमाथि देखेर महात्मा गान्धी र उसको पार्टी भारतिय कंग्रेस पार्टीलाई सत्ता हस्तान्तरण गरि उनीहरु फर्किएका थिए । तर अदृश्य शर्तनामा गरेर । कुरा पछि व्यवहारत चरितार्थ भयो कि भारतका महत्वपूर्ण फलाम, कोइलाखानी, पेट्रोलियम, उद्योगहरु लगायत कैयौं कुराहरुमा अंग्रेज सरकार र पुँजीपतीहरुका स्वमित्व रहने गरि । यसरी सन् १९४७ मा  अंग्रेजको पन्जाबाट भारत प्रत्यक्ष रुपले मुक्त भयो तर त्यहाँको अर्थतन्त्र, राजनीति, सामाजिक र  सांस्कृतिक क्षेत्रहरुमा अङग्रेजको प्रभाव रहि नै रह्यो । यी घटना परिघटनाहरु नेपालका विपी, जीपी र भारतका गंन्धी, नेहरुहरुले कति बुझे बुझेनन् । उनै जानुन् ।

दोस्रो महायुद्धका खलनायकहरु विरुद्ध संयुक्त भई लड्ने माथिका विषयहरुमा निर्णय भएपछि सोभियत संध र त्यसको सर्वोच्च नेतृत्व स्टालिनले इमान्दारीपूर्वक आफ्नो भूमिका निर्वाह गरे । तर अमेरिकाको रुजवेल्ट र व्रिटेनको चर्चिलले चाहिँ हिटलर र मुसलिनीको २१४ डिभिजन फौजले सोभियत संघमाथि भिषण आक्रमण गर्दा बेवास्ता नै गरे । सोभियत संघलाई बचाउन र दुश्मनसँग प्रतिकार गर्न हम्मेहम्मे परिरहेको थियो । त्यस ऐतिहासिक संकट र पीडापूर्ण दिनहरुमा मित्र राष्ट्रको नाताले सोभियत संघले अमरिका र व्रिटेनसँग भन्यो पश्चिममा एउटा युद्धमोर्चा त खोलिनु पर्यो तर उनीहरुले सुनेको नसुनेइ गरे । युद्धमोर्चा खोल्दै खोलेनन् ।

हिटलरले आफना सम्पूर्ण शक्ति सोभियत संघ विरुद्ध खन्यायो । यता सोभियत संघका क्रान्तिकारी जनता स्टालिनको निर्देशनमा जस्तोसुकै बलिदान दिन पनि तयार थियो । जर्मनले सोभियत संघको कुनै पनि शहर र रेल स्टेशनहरु कब्जा गरेपछि त्यहाँका रेलका डिब्वा र इन्जिनहरु जर्मन लाने गथ्र्यो । त्यस्ता ७० हजार इन्जिन र डिब्वाहरु हिटलरी जर्मनले लुटेर लगेको थियो । अनि हिटलरी सेनाहरुले सोभियत संघका गाउँ सहरहरु कब्जा गरेपछि यहुदीहरुलाई छानिछानी अनेकौँ यातना र यन्त्रणा दिएर हत्या गर्थे । सोभियत संघमा मात्र झण्डै ५ लाख यहुदीहरुका ज्यान लिएको अनुमान छ । यी जस्तै  सयौं घटनाहरुले जर्मनी हिटलर साँच्चिकै लुटेरा, डाका, अपराधी र हत्यारा प्रमाणित भयो ।

यस्ता घटनाहरुले युद्धका पछिल्ला दिनहरुमा सोभियत संघका लालसेना र जनता यति उच्च मनोबलका साथ लडे की जुन नैतिक शक्तिले हिटलरका सेनाहरु हरेक मोर्चामा परास्त हुँदै गए । त्यसमा स्टालिनग्राडको युद्ध निर्णायक थियो । जहा लाखौँ हिटलरी सेना मारिएका थिए र कैयौ गिरफ्तारीमा परे । यस युद्धपछि जर्मन र इटलीका सेनाहरु पछाडी हट्दै गए । लालसेनाहरुले पहिला आफनो भूमी मुक्त गरे । त्यसपछि पूर्वीयुरोप पनि मुक्त गर्दै जर्मनको बर्लिनसम्म पुर्याए ।

यसै बेला जब जर्मनी सेना र इटली सेना परास्त हुँदै गए, तब अमेरिका र ब्रिटेनले आफना हवाई सेनाले इटली र जर्मनका प्रमुख सहरहरुमा बमबार्ड गर्न थाले र स्थल सेनाहरु उतारी आक्रमक कारबाहीहरु गरे, फ्रान्स कब्जामा लिए । हिटलर, मुसोलीनिको ५ वर्ष सम्मको भिषण आक्रमणमा कुनै उल्लेखनीय युद्धमा भाग नलिने अमेरिका र व्रिटेनले रातारात सुरुङबाट फुत्त निस्केर इटली, जर्मनीमा हवाई करावाही गर्नुको मूल लक्ष्य महापाखण्डी, षडयन्त्र, कुटील र दुष्ट प्रवृत्तिहरु हुन् । काम गर्ने कालु मकै खाने भालु भनेको यहि हो ।

अमेरिका र व्रिटेनले आफ्ना प्रभावित राष्ट्रहरुमा राम्रो काम गरेर उन्नती, प्रगती अनि आम जनताको सम्वृद्धी, सुरक्षा र शान्ति कायम गरेको भए इतिहासका ती कर्तुतहरु विश्वका जनताले बिर्संदै जाने थिए । तर आजको विश्वमा अमेरिका त इतिहासको बादशाह मै हुँ भनेर व्रिटेनलाई पनि पछाडि पारेर भयानक रुपमा प्रस्तुत भएका छन् । उसँग भएका आणविक बमहरुका आडमा विश्वको जताततै सैन्य क्याम्पहरु राखेर विश्वको राजा मै हँ भनेर डुक्रिरहेछन् । पृथ्वीको प्राकृतिक सन्तुलन गुम्दै जानुमा, विश्वमा तेस्रो महायुद्धको बादल आकाशमा मडारिनुमा वर्तमान अमेरिकी नेताहरु र तिनका सेनाहरु मुल जिम्मेवार छन् ।

विश्वका अधिकांस मुलुकका युद्ध र गृहयुद्धहरु अनि त्यसले व्यूत्पत्ति गरेका भोक, रोग, शोक, शरणार्थी, करोडौं जनताका विचल्ली, वेहाल बन्नमा वर्तमान अमेरिका र उसका गठबन्धन राष्ट्रहरु जवाफदेही भनौँ जिम्मेवार छन् । जापानको मामिला पनि यस्तै हो । एसियाली जनताका टाउको माथी युद्ध थोपरी रहेका, करौडौँको हत्या गरेका, कोरिया कब्जा गरेर १९३७ देखि पूर्वीचीनमा शसस्त्र आक्रमण गरि नियन्त्रणमा लिएका जापानीज साम्राज्यावाद जीवित नै थियो । तिनको विरुद्ध संयुक्त सैन्य कारबाही गर्ने समझदारी भएको हो । त्यस अनरुप रुसको सुदुर पूर्वको सहर भ्लाडीभोस्तकमा महिनौ दिन लगाएर १० लाख लालसेनाहरु उत्रेका थिए । यसरी निकट भविष्यमा जापान परास्त हुने कुरा निश्चित थियो । किनकि उनको गुरु हिटलर समेत लालसेनाहरुबाट ध्वस्त भएको थियो ।

अमेरिकाले सन् १९४५ अगष्ट ६ र ९ मा हिरोसीमा र नागाशाकी शहरहरुमा आणविक बम प्रहार गरि विध्वंश मच्चायो । लाखौं निर्दोष र निरपराध जनताको हत्या गर्यो । युरोपमा शन्ति छाएपछि माल्टा सम्मेलनमा तोगो निर्देशित जापानी साम्राज्यवाद विरुद्ध संयुक्त सैनिक कारवाही गरि तिनलाई निस्तेज र नियन्त्रण गर्ने भनेर जोसेफ स्टालिन, रुजवेल्ट र चर्चिल विच सम्झौता भनौं समझदारी बनेको हो । तर अमेरिकाले आम विनाशकारी आणविक बम प्रहार गर्ने निर्णय भएको होइन ।

इतिहासमा यो अमेरिकको घोर युद्ध अपराध हो । तत्कालिन युद्धखोर जापान रुसी लालसेनाहरुबाट नै परास्त हुने निश्चित थियो । पूर्वीयुरोप सोभियत लालसेनाका प्रभाव र पकडमा परे झैं जापान पनि त्यस्तै होला भनेर अमेरिकाले त्यो ध्वसांत्मक बम प्रहार गरि नियन्त्रणमा लिई अझैंसम्म जापानमा झण्डै पचास हजार सेनाहरु तैनाथ गरि राखेको छ । तर इतिहासको कठोर र निर्मम सत्यता के छ भने मानव जातिमा शान्ति र सुव्यवस्थाको असली मार्ग के हो ? के अमेरिकी दादागिरी नै हो त ? होइन भने इतिहासका महानायक स्तालिनको मार्गदर्शन विकल्प हुन सक्दैन ।