• श्रावण १० २०८३, आईतवार

राष्ट्र उत्थान लघुवित्तको आइपिओ भोलिदेखि खुल्दै

फाल्गुन ३ २०७८, मंगलवार

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले भोलिदेखि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा सर्वसाधारणका लागी फागुन ८ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । र सो अवधिसम्म माग गरिए बमोजिम आवेदन नआए आगामी फागुन १८ सम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता रु एक सय अङ्कित मूल्यमा रु आठ करोड ५० लाख मूल्य बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को बिक्री खुला गर्ने लागेको हो ।

कम्पनीले कूल निष्काशनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको र जारी पूँजी (रु २६ करोड) को शून्य दशमलव पाँच प्रतिशत अर्थात् १३ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरी बाँकी रहने सात लाख ९५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि खुलाएको हो ।