• मंसिर १३ २०८१, बिहीबार

टरिगाउँ विमानस्थल बिस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान

फाल्गुन ३ २०७८, मंगलवार

काठमाडौं । विकास निर्माणका काममा सरकार सुस्ताइरहेका बेला दाङको तुलसीपुरस्थित टरिगाउँ एरपोर्ट बिस्तारका लागि ‘एक रुपैयाँ’ संकलन अभियान सुरु गरिएको छ । यसले जनतामा उत्साह ल्याउनुका साथै आफ्नो सहभागिताले उनीहरुलाई खुशी पनि बनाएको छ ।

यसका लागि तुलसीपुर उद्योग वाणिज्य संघले टरिगाउँ विमानस्थलको स्तरबृद्धिका लागि खुत्रुके अभियान थालेका छ । यही खुबुके अभियानबाट ‘एक रुपैयाँ’ संकलन सुरु गरिन थालिएको छ ।

दाङ तुसलीपुरमा रहेको उक्त विमानस्थल बिस्तारका लागि सम्बन्धित निकायलाई पटक पटक गुहारे पनि सुनुवाइ नगरेपछि यो अभियान सुरु गरिएको हो । सम्बन्धित निकायका लागि यो अभियान अहिले दबाब बनिरहेको छ ।

यता अभियानकर्ता पनि जनताको इच्छा र चाहना कति छ हेर्छौं भनी अभियानमा खटेरै लागिरहेका छन् । संघका अध्यक्ष रामप्रसाद चालिसेका अनुसार टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि आवश्यक कदम चाल्न प्रदेश र केन्द्र सरकारसँग पटक पटक आग्रह गरिसकिएको छ ।

अध्यक्ष चालिसेले ५१ हजारको चेक हस्तान्तरण गरेर थालनी गरेको यो अभियान अहिले जनताका माझमा लोकप्रिय बन्दै गैरहेको छ ।

खुत्रुकेका अतिरिक्त अभियानमा सहयोग गर्न चाहनेहरुका लागि राष्ट्रिय वाणिज्य बैंकमा ‘तुलसीपुर उद्योग बाणिज्य संघ एयरपोर्ट’ खाता नम्बर ४१६०१०००००००७००६ मा रकम जम्मा गर्न पनि सर्वसाधरणका लागि खुल्ला गरिएको छ ।

‘एक–एक रुपैयाँ संकलन गरेर भए पनि एरपोर्ट बिस्तार गरौ भन्नेमा लागेका छौँ,’ भन्दै अध्यक्ष चालिसेले यो अभियान पूर्णरुपमा सफल हुने कुरामा विश्वास व्यक्त गरिरहेका छन् ।

सुरुमा जति निर्माण गरियो त्यति ठाउँमा नेपाल एरलाइन्सको जहाजले हप्तामा पाँच दिन उडान र अवतरण गर्दै आएको छ ।