• मंसिर १७ २०८१, सोमबार

वकिल पढ्न गएकी युवती किन बनिन् पोर्नस्टार ?

फाल्गुन २ २०७८, सोमबार

काठमाडौँ । मानिसको जीवन नि, कहाँ गएर कतिखेर बदलिन्छ कसैलाई थाहा हुँदैन । तर भनिन्छ, मानिसको जीवनमा अहिले जुन परस्थिति छ त्यो मानिसको अथवा पात्रको यो भन्दा पहिलेको संघर्ष वा कमाइको फल हो । अब भनौं, यो पनि भनिन्छ कि, तपाईंको वर्तमानको संघर्षले तपाईंको भविष्यको बाटो कोर्छ ।

कसैकसैको जीवनले कहाँबाट कुन मोड लिन्छ थाहै नहुने समेत हुनजान्छ । जीवनमा आइपरेका घुम्ती र मोडहरुबाट मानिस आफूले गर्न चाहेको खास काम गर्न नसकेर अर्को काम तथा पेशामा गएको समेत देखिन्छ । आफूले चाहेको पेशा र व्यवसायमा असफल भएपनि बाध्यताले अंगालेको काम र पेशाबाट कसैकसैले मनग्य आम्दानी गरेको समेत पाइन्छ ।

यस्तै भएको छ एकजना कानून पढ्न गएकी युवतीको जीवनमा । एक युवती जो कानुन पढ्न विश्वविद्याले गइन् तर उनी सो विश्वविद्यालयबाट वकिल होइन कि एक खुंखार पोर्नस्टार बनेर निस्किइन् । कानून पढ्न गएपनि आर्थिक अभावले ती युवती पोर्न स्टार बन्न पुगेको डेलीस्टारले बताएको छ । डेलीस्टारका अनुसार हाल २६ वर्षकी रहेकी ती युवती कुनै समय कानुनकी विद्यार्थी रहेकी थिइन् ।

स्कारलेट नाम गरेकी ती युवती आर्थिक अभावले गर्दा पढाइ छाडेर पोर्न उद्योगमा पुगिन् । पढाइ छाडेर पोर्नस्टार बन्ने उनको त्यो निर्णयले उनको जीवनमा पैसा त अथाह भयो तर उनको परिचय भने बदलियो । पढाइ छाडेर पोर्न उद्योगमा पुगेकी उनले सानो उमेरमै करोडपति भने बन्न पुगिन् । यसरी कानून पढ्दा पढ्दै पोर्न उद्योगमा पुग्नु उनको सानो बाध्यता भने थिएन ।

कसरी बन्न पुगिन् पोर्न स्टार ?

कलेज पढ्दा उनलाई पकेट खर्चका लागि पैसा हुदैनथ्यो । उनको कलेजका प्रायः साथीहरु पकेट खर्चका लागि आंशिक काम गर्दथे । युवती स्कारलेटले पनि कुनै आंशिक जागिर गर्न चाहिन् । बुवा आमाको घर परिवार पनि गरिब भएकोले उनले यस्तो जागिर गर्न चाहन्थिन्, जसले उनको पकेट खर्च र कलेजको शुल्कको पैसा समेत कमाउन सकियोस् ।

उनको आवश्यता थाहा पाएर हुनसक्छ एक पोर्न उद्योगी उनीकहाँ आइपुगे । युवतीले आफ्ना आवश्यकता टार्न पोर्न उद्योगको बाटो समातिन् । उनले रोजेको बाटोलाई समाजमा इज्जत पूर्वक त हेरिंदैनथ्यो तर उनका चाहिने आवश्यकता पूरा गर्न त्यो बाटो उनलाई सहयोगी सिद्ध भयो । विस्तारै उनमा त्यो पोर्न उद्योगको यस्तो लत चढ्यो कि उनी त्यसबाट बाहिर निस्कनै सकिनन् । तर उनी सानै उमेरमा एक करोडपति बन्न भने सफल भइन् ।

पोर्न उद्योगमा काम गर्दै जाँदा सुरुमा उनले एक स्थानीय नग्न क्लवका लागि काम गरिन् । एक पोडकाष्ट शोमा पोर्न स्टार स्कारलेटले पोर्न उद्योगबारे खुलेर बात मारेकी छिन् । उनले आफ्ना साथीहरुबाट उक्त स्ट्रिप क्लवका बारेमा थाहा पाएको बताएकी छिन् । त्यसपछि इन्स्टाग्राममा समेत देखेर प्रभावित हुँदै उनी सो नग्न क्लवमा काम गर्न पुगिन् । त्यसपछि उनले टेलिभिजनमा पनि काम गरिन् ।

अन्ततः उनी व्यवसायिक पोर्नस्टार बनिन् । गर्दै जाँदा उनले ठूला ठूला पोर्न परियोजनाम समेत काम गरिन् । उनले भनेकी छिन,‘ती करार सम्झौतामा अनेक सर्तहरु हुन्थे जसमा कपालको रङ बदल्न नपाइने, अनुमती बिना ट्याटु बनाउन नपाइने लगायत थिए ।’
पैसाको लागि उनले सबै सर्तहरु मञ्जुर गरिन् । अहिले उनी आफ्नो करिअरलाई लिएर खुशी रहेको बताउँछिन् । २१ वर्षको कलिलै उमेरमा आलिशान बंगला किनेकी पोर्नस्टार स्कारलेट अहिले करोडौंको मालिक बनिसकेकी छिन् ।