• बैशाख ९ २०८२, मंगलवार

भोलिदेखि विद्यालय खुल्दै

माघ २९ २०७८, शनिबार

काठमाडौं । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था भोलिदेखि सञ्चालन हुँदैछन्।

कोभिड–१९स्वास्थ्य सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी)को सिफारिस अनुसार जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी विद्यालय तथा फागुन १ गतेदेखि राति १० बजेसम्म रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बारलगायत व्यवसाय पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन हुन लागेका हुन्।